१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देशबारे संसदमा आज जानकारी गराइने

३१ श्रावण २०७९, मंगलवार ०५:५२

साउन ३१, काठमाडौँ | नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको पत्रबारे आज मंगलबार प्रतिनिधिसभामा जानकारी गराइने भएको छ । सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको संभावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्बिचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएकोसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने उल्लेख छ ।  

सोमबार राष्ट्रपति भण्डारीले आफूसमक्ष प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक पुनर्बिचारका लागि भन्दै प्रतिनिधिसभामै फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको थियो । 

मंगलबार राष्ट्रपति कार्यालयको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । पत्रबारे मंगलबार सदनलाई जानकारी गराउने संभावित कार्यसूची आएको हो । 

राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । पत्रमा १५ वटा सन्देश पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण