१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली

३१ श्रावण २०७९, मंगलवार ११:१५

साउन ३१, काठमाडौँ | एमाले अध्यक्ष केपी ओलीले युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही नहुने बताएका छन् । मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको ‘राजनीति र युवा महिला’ विषयक कार्यक्रममा उनले युवालाई हतार नगर्न आग्रह गरे ।


‘हामी चलाउँछौं देश अरे, एकदिन घरबाट बाहिर ननिस्किएको मानिसले म्याराथन दौडेर स्वर्ण पदक जित्ने कुरा गरेको जस्तो,’ उनले भने, ‘आमाले बनाएर दिएको खाना खाएर बाहिर निस्किएर स्वर्ण पदक जित्न गयो । एक किलोमिटर नपुग्दै स्याँस्याँ फ्याँफ्याँ भइहाल्छ ।’

उनले बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर नहुने बताए । ओलीले यसैका लागि केही मापदण्डहरू बनाइएको तर्क गरे । ‘युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर हुँदैन । बुढा प्रोफेसरका पछि कति लाग्ने भनेर बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर हुँदैन’, उनले भने, ‘पीएचडी लिन पनि समय चाहिन्छ । हतार गरेर हुँदैन ।’

कार्यक्रममा ओलीले सही बाटोमा हिँड्न महिला नेतालाई आह्वान गरे । महिला आन्दोलन, जागरण र सशक्तिकरणलाई गलत बाटोमा जान दिन नदिन उनले आग्रह गरे ।उनले राजनीतिलाई शुद्ध बनाउनुपर्ने भन्दै वर्तमान गठबन्धन सरकारको चर्को आलोचना गरे । यो एक वर्षको समयमा जस्तो कुशासन मुलुकमा कहिल्यै नभएको उनले आरोप लगाए । आफ्नो सरकारको पालामा जोडेको पैसा र विकासलाई अहिलेको सरकारले भजाएको आरोप पनि उनले लगाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण