विश्वप्रकाश शर्मा भन्छन् : झापाबाटै उठ्छु, प्रेम उता घरजम यता हुने कुरै हुन्न

Posted on: 17 Aug, 2022

भदौ १, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै चुनाव लड्ने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा बुधबार बिहान ट्वीट गर्दै शर्माले आफू झापाबाटै चुनाव लड्ने स्पष्ट पारेका हुन् । 

केही दिनदेखि उनले झापालाई छाडेर काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भन्ने चर्चा सामाजिक संजालहरुमा भएसँगै आफूले झापाबाटै चुनाव लड्ने स्पष्ट पारेका हुन् । 

उनले लेखेका छन्, ‘फेरिप्रट्याउँ – बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो ! काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!