४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

माओवादीबाट प्रवेश गरेका युवासँग किन खुसी छैन एमाले महाेत्तरीका नेताहरू ?

३ भाद्र २०७९, शुक्रबार ०७:४५

भदौ ३, महोत्तरी | मंगलबार माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपाल मधेस प्रदेशका इन्चार्ज शंकर महतोसहित एक दर्जन युवाहरू काठमाडाैं पुगेर एमाले प्रवेश गरे । वाइसीएल नेपालको राष्ट्रिय सम्मेलन हुँदै गर्दा वाइसीएलमै आवद्ध महोत्तरीका युवाहरूलाई  एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा भित्र्याए ।


यसअघि माओवादीका केन्द्रीय सदस्यसमेत रहेका टेकबहादुर बलम्पाकी र युवा नेता फाल्गुन सुस्लिङ मगर एमाले प्रवेश गरिसकेका छन् । बलम्पाकीलाई ओलीले १०औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । जुन निर्णयप्रति एमाले संस्थापन पक्ष सन्तुष्ट बन्न सकेका छैन ।

एमालेभित्र गुट, उपगुट निर्माण गरी बलम्पाकी र फाल्गुन सुस्लिङ मगरले कमजोर बनाउँदै लगेको संस्थापन पक्षकाे आरोप छ । एमाले प्रवेश गरे पनि नेताहरू अझै संस्थापन पक्षको चुलोचौकामा पुग्न सकेका छैनन् । केन्द्रबाट अधिवेशनसम्मका लागि जिल्ला इन्चार्जको जिम्मेवारी पाएका नेता बलम्पाकीलाई संस्थापन एमालेले स्वीकार गर्न सकेन । फलस्वरूप जिल्ला अधिवेशन गराउन नेता बलम्पाकी पटक-पटक असफल मात्र भएनन् इन्चार्जबाटै हटे । एमाले जिल्ला अधिवेशन ५ र ६ असोजलाई निर्धारण गरिएको छ । बलम्पाकीलाई हटाएर अर्का केन्द्रीय सदस्य सरोज यादवलाई इन्चार्ज बनाइएको छ । 

पूर्वमाओवादीकै कारण घरझगडा बढिरहेको आरोप लागिरहेका बेला मधेस प्रदेश कमिटी सदस्य शकर महतो तथा वाइसिएयल महोत्तरी इन्चार्ज मनोज थापा, निरज अधिकारीहरूलाई एमालेले कसरी स्वीकार गर्ला भन्ने प्रश्न उब्जेको छ । शंकर महतो गिरिराजमणि पोखरेल निकट हुन् । पोखरेल शिक्षामन्त्री हुँदा उनी झन्डै पाँच वर्ष उनकाे सचिवालयमा बसेर काम गरेका थिए । 

निरज अधिकारीले पनि माओवादीबाटै आफ्नो राजनीतिक हैसियत बनाएका हुन् । २०७४ को निर्वाचनमा वडा सदस्य जितेका अधिकारीले २०७८ को निर्वाचनमा वडाध्यक्षका लागी दाबी गरेका थिए । जनमोर्चा धारका अधिकारीलाई संस्थापन पक्षले टिकट नदिएपछि उनले माओवादी छाडेको घोषणा गरेका थिए । वडाध्यक्षमा बागी उम्मेदवारी दिएका अधिकारी अर्का स्वतन्त्र उम्मेदवार भोला खड्कासँग पराजित भएका थिए । वाइसीएल महोत्तरीका संयोजक मनोज थापालाई पनि सम्मानित पदमै हैसियत दिएको थियो ।

एमाले महोत्तरीका नेताहरू माओवादी छाडेर आएका युवाहरूसँग त्यति धेरै खुसी छैनन् । गुटगत राजनीति गर्न सिकेका नेताहरू एमालेमा भाँडभैलो गर्लान् कि भन्ने एमाले संस्थापन पक्षको चिन्ता छ । एमाले केन्द्रीय सल्लाहकार  सरिता ढुंगाना जिल्लामा पार्टी कमजोर बन्नुमा पूर्वमाओवादीहरूलाई दोष दिन्छिन् ।

तर मंगलबार एमाले प्रवेश गरेका शंकर महतो पार्टी बलियाे बन्न सहयाेग गर्ने बताउँछन् । एमालेले प्रदेश सभा सदस्यको टिकट दिने सुनिश्चित गरेपछि महताे पार्टी प्रवेश गरेकाे चर्चा चलेकाे छ ।

वाइसिएलको केन्द्रीय अध्यक्ष नपाउने भएपछि महतो एमाले प्रवेश गरेको स्रोतले बताएको छ । माओवादीमा अथाह अवसर दिँदादिँदै पनि एकैचोटि ठूलो भाग खोजेको माओवादी केन्द्रका नेताहरूको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ