१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमै रहेर हरिबिजोग भोग्न चाहेनौँ : अध्यक्ष नेपाल

४ भाद्र २०७९, शनिबार ०८:५७

भदौ ४, काठमाडौं | नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोल्न खाेलेकाे बताएका छन् । नेकपा एसनिकट उपत्यका युवा विशेष जिल्ला कमिटीले शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केपी ओलीले संविधान कुल्चिएको, संसद बिघटन गरेको सहेर बस्ने वा विद्रोह गर्ने भन्ने विकल्पमा दोस्रो रोजेको उनले बताए ।


उनले ओलीसँग बसिरहनुकाे विकल्प नभएकै कारण नयाँ पार्टी गठन गरेको बताए । केपी ओलीसमक्ष आत्मसमपर्ण गर्न नसकेको पनि उनले दाबी गरे । उनले भने, ‘हामी एमालेमै रहेर हरिबिजोग भोग्न चाहदैनौं थियौं । उनीविरुद्ध चट्टानी अडानमा उभियौँ । यही कारण नेपालको रानीतिमा हाम्रो उपस्थिति देखाइ छाड्यौं ।’ अहिले नेकपा एसको ७७ वटै जिल्लामा संगठन विस्तार भएको र अझै पनि संगठनलाई फैलाउन लागि परेको बताए ।

कार्यक्रममा उनले पार्टीको उदेश्य पुरानो समाजलाई परिवर्तन गर्ने र कुनै पनि अन्याय, अत्याचारको अन्त्य गर्ने रहेको बताए । 

केही केही नेताहरुका कारण अहिले पार्टी व्यवस्थाप्रति जनताको विश्वास घट्दै गएको पनि उनले बताए । नेताहरूको भ्रष्टचारी व्यवहार र राज्य सत्ताको दुरुपयोगका कारण जनतामा दलिय व्यवस्थाप्रति विश्वास घटेको उनको भनाइ छ ।

 उनले भने, ‘हामी यि व्यवहारमा रहदैनाैँ भनेर सुरु मै संकल्प गर्न जरुरी छ । यसको सुरुवात प्रधानमन्त्रीबाटै हुनुपर्छ । नेताहरू असल आर्दशप्रति सर्मपित हुनुपर्छ । नबिराउनु नडराउनु भन्ने उखान अनुसार काम गर्न जरुरी छ ।’

कार्यक्रममा उनले कम्युनिष्ट पार्टीबाहेक अन्य पार्टीको भविष्य नरहेको पनि बताए । तर, नामअनुसार काम गर्न भने सक्नुपनर्छ । नाम कम्युनिष्ट काम अरु गर्नेको भविष्य नभएको उनले जनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण