नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकाे हो भनेर भन्न सत्तारूढ दलका नेताहरू डराएको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकाे हो भनेर भन्न सत्तारूढ दलका नेताहरू डराएको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "/>
२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा-प्रचण्ड-माधवले लिम्पियाधुरा आफ्नो भूमि भन्न डराउँछन् : ओली

२०७९, ६ भाद्र सोमबार ११:५६

भदौ ६, काठमाडौँ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकाे हो भनेर भन्न सत्तारूढ दलका नेताहरू डराएको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर त्याे भूमि नेपालीको हो भनेर चुइँक्क बोल्न नसकेको बताउनुभयो । 


आज सोमवार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले एमालेले भने त्याे जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको बताउनुभयाे ।

उनले देउवा-प्रचण्ड-माधवले आफ्नो भूमिबारे बोल्न पर्दैन भन्दै प्रश्न गरे।‘गठबन्धनको हेर्नुस त म्याउ म्याउ। यिनीहरुले लिम्पियाधुरा नेपालको भन्न सक्छन्? प्रश्न गर्न चाहन्छु। शेरबहादुर देउवाज्यु, दार्चुलाको नक्सामा लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन? प्रचण्डज्यु चुइक्क गर्नुहुन्न। माधव नेपाल भन्ने हुनुहुन्छ, लिम्पीयाधुराबारे बोल्न पर्दैन?,’ उनको प्रश्न थियो।

उनले सत्ता गठबन्धनलाई जनविरोधीको संज्ञा दिए। ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ। अहिलेको गठबन्धन सुन्न, सहन सक्दैन। प्रतिस्पर्धाको राजनीति होइन, राजनीतिलाई दुष्मनी बनाएको छ,’ उनले भने।

गठबन्धनले जनता ढाँट्ने, जनता अलमलाउने काम गरेको उनको आरोप छ। ओलीले भने, ‘गठबन्धनका नेताहरु छोरी बुहारीलाई माथि उठाउन काम गरिरहेका छन। नातागोतालाई माथि उठाउन लागिरहेका छन्। हाम्रा नेताहरु देश बनाउने काममा केन्द्रित छन्।’

नेपाली कांग्रेस नसप्रिएकोमा उनले अचम्म माने। ‘लोकतन्त्र भनेको फरक विचार मान्नु हो। लोकतन्त्रको मुख्य कुरा फरक मान्यता, फरक विचारलाई सुन्न सक्नु हो। तानाशाहीले फरक विचार सुन्न सक्दैन। सहन सक्दैन। अहिलेको गठबन्धन तानाशाहीजस्तै छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी