नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकाे हो भनेर भन्न सत्तारूढ दलका नेताहरू डराएको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकाे हो भनेर भन्न सत्तारूढ दलका नेताहरू डराएको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "/>
१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा-प्रचण्ड-माधवले लिम्पियाधुरा आफ्नो भूमि भन्न डराउँछन् : ओली

६ भाद्र २०७९, सोमबार ११:५६

भदौ ६, काठमाडौँ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकाे हो भनेर भन्न सत्तारूढ दलका नेताहरू डराएको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर त्याे भूमि नेपालीको हो भनेर चुइँक्क बोल्न नसकेको बताउनुभयो । 


आज सोमवार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले एमालेले भने त्याे जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको बताउनुभयाे ।

उनले देउवा-प्रचण्ड-माधवले आफ्नो भूमिबारे बोल्न पर्दैन भन्दै प्रश्न गरे।‘गठबन्धनको हेर्नुस त म्याउ म्याउ। यिनीहरुले लिम्पियाधुरा नेपालको भन्न सक्छन्? प्रश्न गर्न चाहन्छु। शेरबहादुर देउवाज्यु, दार्चुलाको नक्सामा लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन? प्रचण्डज्यु चुइक्क गर्नुहुन्न। माधव नेपाल भन्ने हुनुहुन्छ, लिम्पीयाधुराबारे बोल्न पर्दैन?,’ उनको प्रश्न थियो।

उनले सत्ता गठबन्धनलाई जनविरोधीको संज्ञा दिए। ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ। अहिलेको गठबन्धन सुन्न, सहन सक्दैन। प्रतिस्पर्धाको राजनीति होइन, राजनीतिलाई दुष्मनी बनाएको छ,’ उनले भने।

गठबन्धनले जनता ढाँट्ने, जनता अलमलाउने काम गरेको उनको आरोप छ। ओलीले भने, ‘गठबन्धनका नेताहरु छोरी बुहारीलाई माथि उठाउन काम गरिरहेका छन। नातागोतालाई माथि उठाउन लागिरहेका छन्। हाम्रा नेताहरु देश बनाउने काममा केन्द्रित छन्।’

नेपाली कांग्रेस नसप्रिएकोमा उनले अचम्म माने। ‘लोकतन्त्र भनेको फरक विचार मान्नु हो। लोकतन्त्रको मुख्य कुरा फरक मान्यता, फरक विचारलाई सुन्न सक्नु हो। तानाशाहीले फरक विचार सुन्न सक्दैन। सहन सक्दैन। अहिलेको गठबन्धन तानाशाहीजस्तै छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो