२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चको फैसलाले लोकसेवा आयोगलाई परीक्षा गर्ने बाटो खुल्यो

२०७९, ७ भाद्र मंगलवार १२:२०

भदौ ७, काठमाडौँ | सर्वोच्च अदालतको संवैधानिक इजलासले कर्मचारी समायोजन सम्बन्धी विवादमा फैसला सुनाएसँगै लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्ने बाटो खुलेको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित पाँच न्यायाधीशको इजलासले यो गाँठो फुकाएको हो।


‘लोकसेवा आयोगको परीक्षा रोक्नू भनि जति पनि रिट निवेदन दर्ता भएका थिए, ती सबै खारेज भएका छन्’, सर्वोच्चका प्रवक्ता विमल पौडेलले भने।

सर्वोच्च अदालतको एकपछि अर्को इजलासमा मुद्दा विचाराधीन हुदाँ लोकसेवा आयोगको सेडुल नै प्रभावित भएको थियो। आयोगले प्रकाशित गरेको कतिपय विज्ञापनलाई पनि चुनौती दिँदै रिट दायर भएपछि आयोग परीक्षा रोक्न बाध्य भएको थियो।

सर्वोच्चबाट अन्तरिम आदेश जारी भएको अवस्थामा परीक्षा सञ्चालन गर्न नसक्ने भएकाले आयोगले केही समय रोकेको थियो। ‘लोकसेवा आयोगलाई रोकिएका सबै विज्ञापनको प्रक्रिया अघि बढाउने बाटो खुलेको छ,’ प्रवक्ता पौडेलले भने, ‘आयोगले अब पूर्णपाठ जारी भएपछि त्यसका आधारमा आफ्नो काम अघि बढाउन सक्नेछ।’

संवैधानिक इजलासले हाल पूर्णपाठ सार्वजनिक गरेको छैन। केही दिनभित्र सर्वोच्चले पूर्णपाठ सार्वजनिक गर्ने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी