१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चको फैसलाले लोकसेवा आयोगलाई परीक्षा गर्ने बाटो खुल्यो

७ भाद्र २०७९, मंगलवार १२:२०

भदौ ७, काठमाडौँ | सर्वोच्च अदालतको संवैधानिक इजलासले कर्मचारी समायोजन सम्बन्धी विवादमा फैसला सुनाएसँगै लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्ने बाटो खुलेको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित पाँच न्यायाधीशको इजलासले यो गाँठो फुकाएको हो।


‘लोकसेवा आयोगको परीक्षा रोक्नू भनि जति पनि रिट निवेदन दर्ता भएका थिए, ती सबै खारेज भएका छन्’, सर्वोच्चका प्रवक्ता विमल पौडेलले भने।

सर्वोच्च अदालतको एकपछि अर्को इजलासमा मुद्दा विचाराधीन हुदाँ लोकसेवा आयोगको सेडुल नै प्रभावित भएको थियो। आयोगले प्रकाशित गरेको कतिपय विज्ञापनलाई पनि चुनौती दिँदै रिट दायर भएपछि आयोग परीक्षा रोक्न बाध्य भएको थियो।

सर्वोच्चबाट अन्तरिम आदेश जारी भएको अवस्थामा परीक्षा सञ्चालन गर्न नसक्ने भएकाले आयोगले केही समय रोकेको थियो। ‘लोकसेवा आयोगलाई रोकिएका सबै विज्ञापनको प्रक्रिया अघि बढाउने बाटो खुलेको छ,’ प्रवक्ता पौडेलले भने, ‘आयोगले अब पूर्णपाठ जारी भएपछि त्यसका आधारमा आफ्नो काम अघि बढाउन सक्नेछ।’

संवैधानिक इजलासले हाल पूर्णपाठ सार्वजनिक गरेको छैन। केही दिनभित्र सर्वोच्चले पूर्णपाठ सार्वजनिक गर्ने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो