२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदीप गिरी विजयी भएको सिराह १ बाट प्रतिनिधिसभा सदस्य उठ्ने सरिता गिरीको घोषणा

२०७९, ९ भाद्र बिहीबार ०६:०८

भदौ ९, सिराह | बुधबार मात्र सदभावना पार्टी परित्याग गरेकी सरिता गिरीले आगामी प्रतिनिधिसभा निर्वाचनमा सिराह १ बाट चुनाव लड्ने घोषणा गरेकी छन् । नेतृ गिरीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गरेकी हुन् । उनले चुनावमा सहयोग लागि सबैसँग आग्रह पनि गरेकी छन् ।


लामो समयसम्म मधेस केन्द्रित दलमा रहेर राजनीति गर्दै आएकी गिरी स्वतन्त्र वा कुन दलबाट चुनाव लड्दै छिन् भन्ने खुलेको छैन । बुधबार उनले दिवंगत कांग्रेस नेता प्रदीप गिरीको आग्रहअनुसार आफूले सदभावना पार्टी परित्याग गरेको बताएकी थिइन् । सरिता प्रदीप गिरीकी भाइबुहारी हुन् । उनी दुई वर्षअघि जसपा छाडेर सदभावना प्रवेश गरेकी थिइन् ।

‘म सिराहको १ नम्बर निर्वाचन क्षेत्रबाट सांसद पदका लागि निर्वाचन लड्न गइरहेको छु । यो आधिकारिक घोषणा हो । सबैजनासँग सहयोगका लागि विनम्रतापूर्वक आग्रह गर्दछु,’ उनले लेखेकी छन् ।

सिराह १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदीप गिरी विजयी भएका थिए । ०५६ को निर्वाचनबाहेक सबै निर्वाचनमा प्रदीप गिरी सोही क्षेत्रबाट विजयी हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी