१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीको स्थापना दिवस कार्यक्रममा देखिएनन् चार पूर्वमन्त्री, असन्तुष्टि कायमै

९ भाद्र २०७९, बिहीबार १०:५०

भदौ ९, काठमाडौं | एकीकृत समाजवादीमा चार मन्त्री फिर्ता प्रकरण भुसको आगो झैं झन् झन् गढिँदै गएको पाइएको छ । पार्टीको पहिलो स्थापना दिवस कार्यक्रममा चार पूर्वमन्त्री उपस्थित नहुनुले यो प्रकरण अझै सेलाउन नसकेको देखिएको हो ।

एकीकृत समाजवादीले बिहीबार पहिलो स्थापना दिवस मनाएको छ । काठमाडौंमा पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पार्टीबाट मन्त्री भएका चारजना कतै देखिएनन् ।

पूर्वमन्त्री रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठ स्थापना दिवस कार्यक्रममा सहभागी नभएका हुन् । उनीहरू कार्यक्रममा नदेखिनुको कारण मन्त्रीबाट हटाएपछिको असन्तुष्टि बुझिएको छ । झाँक्री पार्टी सचिवसमेत हुन् ।

एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीले गत वर्ष आजकै दिन पार्टी दर्ताको प्रमाणपत्र पाएको थियो ।

एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपाल र सम्माननित नेतामा झलनाथ खनाल छन् । सो पार्टीमा पदाधिकारी १७ जना छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता