१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेल रुपाकोटकाे निर्णय : सडक तथा पुल निर्माणमा समन्वय गर्ने, लेखा कर्मचारीको तलब वृद्धि गर्ने

१० भाद्र २०७९, शुक्रबार ०५:३९

भदौ १०, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तरपालिका जोड्ने सडक तथा पुल निर्माणका लागि छिमेकी पालिकासँग समन्वय गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले अन्तरपालिका जोड्ने सडक तथा सडक पुलको पहिचान गरी निर्माणका लागि सम्वन्धित पालिकासँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो ।


सडक तथा सडक पुल निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर), आइइइ/इआइए/बिइएस र डिजाइन स्टीमेट तयार गरी संघीय तथा प्रादेशिक मन्त्रालय तथा निकायमा माग प्रस्ताव गर्ने निर्णय गरिएको नगरका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । 

अन्तरपालिका जोड्ने सडक, पुल लगायतका संरचना निर्माण वा कार्यक्रम सञ्चालनमा पालिका–पालिकाबिचमा समन्वय र सहकार्य हुन नसकिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तरपालिका सहकार्यको निर्णय गरेको हो । 

विद्यालय लेखा कर्मचारीको तलब वृद्धि  

नगर कार्यपालिका बैठकले नगरका २१ वटा माविमा कार्यरत २१ विद्यालय लेखा कर्मचारीको तलव मासिक २० हजार पुर्‍याउने निर्णय गरेको छ । यस्तै, शिक्षातर्फको बजेट तथा कार्यक्रममा माबि तहमा अंग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान शिर्षकमा विगतका वर्षभन्दा कम रकम प्राप्त भएकोले विगतका वर्षहरुमा अनुदान दिइँदै आएको रकमबाट विद्यालयलाई दामासाही रुपमा अनुदान प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

त्यसैगरी नगर शिक्षक अनुदान शिर्षक अन्तर्गत विनियोजित रकमबाट विगतका वर्षहरुमा अनुदान दिँदै आएको विद्यालयलाई दामासाही रुपमा अनुदान प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन