१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कर्मचारीको करार म्यादका विषयमा भएन अन्तरिम आदेश

११ भाद्र २०७९, शनिबार ०२:३१

भदौ ११, खोटाङ | खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारीको करार म्याद थप नगर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश सुनाएको छ । गाउँपालिकाले गत १ साउनदेखि लागू हुनेगरी करार प्रकृतिका शिक्षक, शिक्षिका एबं कर्मचारीको करार म्याद थप नगर्ने निर्णय गरेपछि करार पदमा कार्यरत कर्मचारीले अन्तरिम आदेशका लागि अदालतमा रिट निवेदन दिएका थिए । 

करार अवधि थपका लागि अन्तरिम आदेश जारीको मागसहित रिट निवेदन दिइएको भए पनि उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले बिहीबार सो सन्दर्भमा अन्तरिम आदेश जारी गरिरहन नपर्ने आदेश सुनाएको हो । ‘रिट निवेदकहरु कार्यरत पदको प्रकृति स्थायी दरबन्दीको नभई करार प्रकृतिको देखिएको र गाउँपालिकाले १ साउनदेखि त्यस्ता करार प्रकृतिका शिक्षक, शिक्षिका एबं कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको देखिँदा प्रस्तुत रिट निवेदनमा अन्तरिम आदेश वाहेकका अन्य मागका सम्वन्धमा पछि फैसला गर्दा ठहरे बमोजिम हुने हुँदा हाल रिट निवेदकहरुले निवेदन माग बमोजिम अन्तरिक आदेश जारी गरिरहन परेन,’ आदेशमा भनिएको छ । अन्तरिम आदेशको निष्कर्षमा पुग्नुअघि अदालतले दुबै पक्षलाई ३० साउनमा छलफलमा बोलाएको थियो । अदालतको सो आदेशले करारका कर्मचारीको म्याद थप गर्नु नपर्ने र करारका नयाँ कर्मचारी नियुक्तिका लागि बाटो खुलेको गाउँपालिकाका उपाध्यक्ष खेम खड्काले प्रतिक्रिया दिए । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएको जन्तेढुंगामा गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमाले नेतृत्वको जनप्रतिनिधिले नियुक्त गरेका करारका कर्मचारीलाई गठबन्धनले हटाएको बिरोधमा एमालेले चरणवद्ध आन्दोलन गर्दै आएको छ । 

३१ असारमा बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको बजेटबाट तलव भुक्तानी हुनेगरी सम्झौता भएका गाउँपालिकामा कार्यरत सबै तहका करारका कर्मचारी, सामुदायिक  स्वास्थ्य इकाईमा कार्यरत करारका स्वास्थ्यकर्मी, कार्यालय सहयोगी, कृषि तथा पशु शाखामा कार्यरत करारका कर्मचारी, वडा कार्यालयमा कार्यरत करार सेवाका कर्मचारी, गाउँपालिकाको पुर्ण अनुदानबाट विद्यालयमा कार्यरत शिक्षक तथा वालविकास केन्द्रका सहजकर्ताको करार म्याद थप नगर्ने निर्णय गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित) नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ कलंकीमा बिजुलीको पोलमा आगलागी  अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी नेपाल छिर्दै, चारजना नियन्त्रणमा तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान यूएईले ६६ नेपाली बन्दीलाई दियो आम माफी, सरकारद्वारा कृतज्ञता व्यक्त