१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि र कुलमानका लागि काठमाडौं–३ छाड्ने हरिशरणको घोषणा

१५ भाद्र २०७९, बुधबार ११:१०

भदौ १५, काठमाडौँ | पत्रकार हरिशरण लामिछानेले आफ्नो भाइ रवि लामिछाने र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने घोषणा गरेका छन् ।

स्वतन्त्र उम्मेदवारको रुपमा उठे कुलमान र रविलाई आफूले दाबी गर्दै आएको काठमाडौं–३ छाड्न तयार रहेको हरिशरणले सार्वजनिक रुपमा घोषणा गरेका हुन् ।

चुनावमा उठ्न आफू र कुलमानले सरकारी सेवाबाट राजीनामा दिनुपर्ने उल्लेख गर्दै उनले अमुक पार्टीको मोहोरा बन्नुभन्दा ‘स्वतन्त्र–पथ’मा आउन कुलमानलाई आग्रह गरे ।

सामाजिक सञ्जाल फेसबुकमा हरिशरणले लेखेका छन् :

सामाजिक संजालमा आएको समाचार सहि हो र काठमाडौ ३ बाट कुलमान घिसिङजि माओवादी पार्टीको तर्फबाट चुनावमा उठ्ने हो भने मैले पनि दाबी गर्दै आएको सो स्थानबाट तपाइँलाई पूरा सहयोग मिल्छ, तर ‘स्वतन्त्र उम्मेदवारी’ दिनुहोस् ।
आखिर हामी दुबैले सरकारी सेवाबाट राजिनामा दिनै पर्छ । तपाईं वा रवि ३ नम्बरबाट उठ्ने अवस्थामा म त्याग र सहयोग गर्न तैयार छु । आफ्नै पेशाबाट मैले एउटा सांसदभन्दा धेरै गुणा योगदान यो देशलाई दिन सक्छु ।
कुनै अमुक पार्टिको मोहोरा बन्नुभन्द ‘स्वतन्त्र–पथ’मा आउनुस् कुलमान सर, अर्को इतिहास कोरिनेछ । यदि यो समचार गलत हो भने मान्नुस्, स्वतन्त्रको लहरलाई निस्तेज पार्ने षड्यन्त्रको तनाबाना बुनिँदै छ । समय अझै छ । चेतना भया ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ