१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धमाधम कलाकारहरु चुनाव लड्ने तयारीमा, ‘सक्किगोनि’का ‘सिते बा’ पनि काठमाडौंबाट लड्ने

१६ भाद्र २०७९, बिहीबार ११:२२

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सबै राजनीतिक दलहरु आआफ्नो तयारीमा जुटेका छन् । यस्तै विभिन्न क्षेत्रबाट स्वतन्त्र उम्मेदवारहरु उठ्ने चर्चा पनि छ ।

यसैबीच आउँदो निर्वाचनमा चर्चित हास्यसिरियल सक्किगोनी का कलाकार मधुसुदन पाठक (सिते बा) पनि काठमाडौंबाट उठ्ने भएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ५ मा स्वतन्त्रबाट उम्मेदवार हुने भएका हुन् ।


बिहिबार ललितपुरमा भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा उनी पनि थिए । उक्त कार्यक्रममा एकै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्न यो अभियान शुरु गरिएको बताइएको छ ।

यस्तै आउँदो चुनावमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि झपाबाट उठ्दैछन् । उनी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रबाटै झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने भएका हुन् । उनी उठ्ने क्षेत्र एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो ।

यस्तै यसअघिको स्थानीय तहको निर्वाचनमा पनि चर्चित गायक बालेन्द्र शाह बालेनले स्वतन्त्रबाट उठेर काठमाडौंको मेयरमा विजयी भएका थिए । अहिले काठमाडौंमा मेयर बालेनको कामको प्रशंसा गरिएको छ । बालेनको जितपछि निर्वाचनमा स्वतन्त्रबाट उठ्न चाहनेहरुको हौसला बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ