१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घनश्यामले प्रचण्डलाई सोह्र श्राद्धको पुरेत भनेपछि…

१९ भाद्र २०७९, आईतवार १०:३४

भदौ १९, काठमाडौँ | आइतबार काठमाडौंमा मार्क्सवादी ज्ञान केन्द्रले समाजवादको नेपाली मार्गचित्र विषयमा विचार गोष्ठी आयोजना गर्‍यो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, नेकपा एमालेका नेता घनश्याम भुसाललगायतका नेताहरू आमन्त्रित थिए ।


सामान्यतः विचार गोष्ठीमा आमन्त्रित सबै नेताहरूले एकले अर्कालाई सुन्ने र बहसमा सहभागी हुने अभ्यास हुन्छ । तर नेपालमा नेताहरू आफ्नो अनुकूलतामा आउने, बोल्ने र हिंडीहाल्ने अभ्यास देखिन्छ ।

आइतबारको विचार गोष्ठीमा पनि यस्तै भयो । कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल आफू बोलेर कार्यक्रमबाट बाहिरिए । अर्का नेता घनश्याम भूसालले समाजवादको नेपाली मार्गचित्र प्रस्तुत गरिरहँदा कार्यक्रम हलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रवेश गरे ।

मञ्चबाट बोलिरहेका भूसालले व्यङ्ग्य गर्दै प्रचण्डलाई स्वागत गर्दै भने, ‘चुनावको बेलाका नेता सोह्रो श्राद्धका पुरेत जस्तै हुन्छन् । मैले अघि पनि यही भनेँ । प्रचण्डजीलाई कार्यक्रममा स्वागत छ …।’ हलमा ताली र हाँसो एकसाथ गुञ्जियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट