१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षागार्ड पक्राउ परेकोबारे के भन्छन् पर्यटन मन्त्री श्रेष्ठ

१९ भाद्र २०७९, आईतवार ११:३७

भदौ १९, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्डले आफूलाई हप्कीदप्की गरेपछि पिएसओले उजुरी दिएको बताएका छन्।

भीएफएस ग्लोबल भिसा सेन्टरमा भिसाको कामले श्रीमतीसहित पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस्नुपर्ने बताएका सुरक्षागार्ड शेरजङ गुरुङ पक्राउ परेका थिए । सुरक्षा गार्ड गुरुङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्नुपर्ने बताएपछि विवाद भएको थियो ।

मन्त्री त्यहाँबाट फर्किएसँगै प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी वृत्त दरबारमार्गले गुरुङमाथि अभद्र व्यवहार कसुरमा अनुसन्धान सुरु गरेको छ।

यसो भन्छन् मन्त्री श्रेष्ठ

मलाई दिइएको समयअनुसार शुक्रबार त्यहाँ पुगेको थिएँ । म लाइनमा नै लागेको थिएँ । त्यहाँको नियमअनुसार नै लाइनमा लागेको हुँ । मभन्दा अगाडि एक जना अर्को मान्छे थियो । त्यसपछि मेरो श्रीमती हुनुहुन्थ्यो र त्यसपछि म थिएँ । म लाइनमा हुदाँहुँदै पनि ममाथि दुर्व्यवहार भयो ।
मेरो पीएसओले उहाँ मन्त्री ज्यू हो भन्दा पनि ‘म मन्त्रीसन्त्री कोहीकसैलाई पनि चिन्दैन’ भनेर भन्यो । त्यो भिसा सेन्टर पनि त नेपाली नागरिकले तिरेको शुल्कबाट चलिरहेको छ । उसले भेंडाबाख्राको व्यवहार गर्न पाइँदैन नि ! म उछिनेर गएको पनि होइन । मैले आफैंले पनि म मन्त्री हो भनेर भनेको थिएँ । त्यहाँ उसले ठेलमठेल पनि गर्‍यो ।
त्यसपछि मेरो पीएसओ पनि त्यहाँ रहेको र सुरक्षा निकायका साथीहरु पनि त्यहाँ भएको हुनाले उहाँहरुले ममाथि नै दुर्व्यवहार भएको देखेपछि आफ्नो प्रक्रियाअनुसार कारबाही प्रक्रिया अघि बढाएको हो । मैले कारबाहीका लागि निर्देशन दिइरहनुपर्दैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट