१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटनमन्त्रीपछि विवादमा श्रममन्त्री

२१ भाद्र २०७९, मंगलवार १२:०१

भदौ २०, काठमाडौँ | सेक्युरिटी गार्डलाई पक्राउ गर्न लगाएको भनेर पर्यटनमन्त्री जीवनराम श्रेष्ठ आलोचित भइरहेका बेला अर्का मन्त्री पनि विवादमा तानिएका छन् । पर्यटनमन्त्री श्रेष्ठपछि  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर विवादमा तानिएका हुन् । विवादित व्यक्तिको बर्थ डे मनाउने कार्यक्रममा सहभागी भएको भन्दै श्रममन्त्रीको आलोचना भइरहेकाे हो ।  १९ भदौमा एभरेष्ट स्प्रिङ वाटर कम्पनीको उद्घाटन गर्न उनी दरबारमार्गस्थित होटल याक एण्ड यति प्रमुख अतिथिको रूपमा सहभागी थिए ।  


उनले उक्त कम्पनीको उद्घाटन गरे । उद्घाटन गरेलगत्तै कम्पनीकै सञ्चालकको जन्मदिन थियो । उनको जन्मदिनको केक पनि काटे । तर सोही केक कटाइले उनलाई विवादमा तान्ने काम गरेको हो ।  हीरा लुटपाटमा संलग्न रहेको आरोप लागेका विवादित व्यक्ति सुजन आचार्यको जन्मदिनमा मन्त्रीले केक काटेको भन्दै चौतर्फी विरोध भइरहेको हो । 

यसैबीच उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको मन्त्रीको सचिवालयले जनाएको छ । पानी कम्पनीको उद्घाटनका लागि आमन्त्रण गरिएको र बर्थ डेबारे केही जानकारी नदिइएको सचिवालयले दाबी गरेको छ । 

प्रेस संयोजक रमा खड्काले जारी गरेको विज्ञप्तिमा जन्मदिनबारे पूर्ण सूचना नभएको उल्लेख गरिएको छ । संस्थाको कार्यक्रममा सरिक भएपछि सोही संस्थाको सञ्चालकको जन्मदिनको कार्यक्रमलाई अस्वीकार गर्ने स्थिति नहुँदा मन्त्री कुँवर सरिक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विभिन्न सञ्चारमाध्यममा मन्त्री कुँवरको नाम जोडर आएको भन्दै त्यसमा कुनै सत्यता नरहेको प्रेस संयोजक खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

आचार्यसँग मन्त्री कुँवरको कुनै व्यक्तिगत सम्बन्ध नरहेको र उनको विगतको क्रियाकलाप वा पृष्ठभूमिबारे समेत जानकारी नरहेको विज्ञप्तिमा प्रष्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट