१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिलाई भनेको छु नागरिक विधेयक प्रमाणीकरण नभए राजीनामा दिनुपर्छ : प्रचण्ड

२४ भाद्र २०७९, शुक्रबार ०६:५१

भदौ २४, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन खोजेको आरोप लगाएका छन्। शुक्रवार पोखरा पुगेका उनले राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण गर्नुबाहेकको विकल्प नरहेको बताएका हुन्।


नेकपाको सरकारहुँदा केपी शर्मा ओलीले ल्याएको प्रस्तावसहितको विधेयक ल्याएको भन्दै उनले विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिने अवस्था सिर्जना हुने चेतावनी दिए।

'ओलीले प्रस्ताव लाँदा त्यही प्रस्ताव प्रमाणित गर्नुभएको थियो राष्ट्रपतिले। आउनासाथ सोच्दै नसोचीकन भनेको जस्तो गरि प्रमाणीकरण गर्नुभएको थियो,' उनले भने, 'केही दिनअघि उहाँसँग भेटेर कुरा गर्दा उहाँ यो विषयलाई ठूलै राजनीतिक विषय बनाउने मोडमा रहेको देखेको थिएँ। त्यसकारण नगर्ने सम्भावना पनि छ। त्यसो भए एउटा कुरा अदालतमा जान्छ। अदालतको फैसला पछि अघि बढ्छ। दोस्रो उहाँले राजीनामा दिने हो। मैले त भनेको पनि थिएँ, राष्ट्रपतिजीलाई यदी तपाईले दोस्रो पटक पनि प्रमाणीकरण गर्नुभएन भने कि राजीनामा कि अदालतमा जान्छ। यी दुई वटा हुनसक्छ।'

दाहालले सत्तारुढ गठबन्धनमा सहमति अनुसार नै आगामी निर्वाचनका लागि सिट बाँडफाँट हुने बताए। उनले आज बस्ने बैठकले सिट बाँडफाँटको टुंगो लगाउने दाबीसमेत गरे।

'गठबन्धन सहमति अनुसार नै हुन्छ। हामी सहमतिको नजिक पुगिसकेका छौँ। अरु नेताहरुको अन्यत्र कार्यक्रम नपरेको भए हिजो नै हामीले टुंग्याउने स्थिति बनिसकेको थियो। कतिपय बेला मेरो, माधव नेपालजीको र प्रधानमन्त्रीको ज्यूको कार्यक्रम परेकोले पनि हिजो त्यति केन्द्रित भएर लग्न पाएनौँ। ३ बजेदेखि हामी टुंग्याउने हिसावले छलफल गर्नेछौँ। जटिल समस्या पैदा भएको छैन,’ प्रचण्डले भने।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट