१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्ता गठबन्धन सिट बाँडफाँट : कांग्रेस संस्थापन पक्ष ८३ सिटमा तयार !

२७ भाद्र २०७९, सोमबार १०:००

भदौ २७, काठमाडौँ | सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगै कार्यदलको बैठक जारी छ। जसरी पनि बाँडफाँट टुंग्याउने गरी बसेको बैठकअघि नेताहरुले अन्तरपार्टी छलफल गरेका छन्।

अन्तरपार्टी छलफलमा नेपाली कांग्रेसले ८३ सिटसम्म चित्त बुझाउनुपर्ने सम्भावना रहेको विषयमा समेत छलफल भएको छ। तर कांग्रेसकै डा शेखर कोइराला पक्ष ९० नछाड्ने गरी अन्य पार्टीलाई मनाउनुपर्ने पक्षमा रहेको एक नेताले जानकारी दिए।


उनले भने, ‘गठबन्धन टुट्न दिनुहुँदैन। सबैलाई मिलाएर जानुपर्छ। मिलाएर जाँदा हामीले पाउने ८३ वा ८४ हो भनेर संस्थापन पक्षबाट कुरा आएको छ।’

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक रुपमा गठबन्धन कुनै पनि हालतमा टिकाउने बताएका छन्। शनिबार चितवनमा आयोजित कार्यक्रम बोल्दै उनले गठबन्धनकै कारण अहिले आफ्नो पार्टी सरकारमा रहेको, मुख्यमन्त्री र मन्त्री समेत हुन पाएको बताएका थिए। ओली हटाउनका लागि गठबन्धन गरिएको र त्यसले कांग्रेसलाई लाभ मिलेको उनको भनाइ थियो।

देउवाले थपे– ‘पहिले केही थिएन। अहिले सरकार हाम्रो नेतृत्वमा छ। हाम्रा मुख्यमन्त्रीहरू छन्, मन्त्री बनेका छन्। भोलि पनि हुन्छन्।’ गठबन्धनलाई बचाएर लैजान आवश्यक रहेको बताउँदै  यो ठिक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र रहेको उनको भनाइ छ।

कांग्रेस हाल १०० सिट दाबी गर्दै आएको छ। ९० सिटभन्दा तल ओर्लिन नहुने संस्थापन पक्षइतरको सुझाव छ। संस्थापन पक्षको हिसाब छ, ’८३-८४ सिट पाइयो भने ७५ सम्म जितिन्छ। समानुपातिकबाट ४० वरपर आउँछ। यस्तो हुँदा ११५ सिट कांग्रेसको हुन्छ। फेरि सरकार बनाउन कुनै साना दल लिँदा पुग्छ। पाँचै दल चाहिँदैन।’

डा कोइराला पक्ष भने बहुमत आउने गरी कांग्रेसले सिट राख्नुपर्ने बताइरहेका छन्। ८४ मा चित्त बुझाउँदा बहुमत नआउने सो पक्षको भनाइ छ। यही प्रस्तावलाई लक्षित गर्दै उनले आइतबार मोरङमा आयोजित कार्यक्रममा ७०÷८० सिट लिएर कांग्रेसको बहुमत नपुग्ने बताए।’ ७०/८० सिट लिएर नेपाली कांग्रेसको बहुमत त हुँदैन। त्यसैले मैले भनिरहेको छु, १०० सिट नेपाली कांग्रेसले लिनुपर्छ। अनि मात्रै गठबन्धनसहित बहुमतको सरकार बनाउन सक्छौं,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट