२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङ ३ मा रेखाको क्रेज, एमाले-कांग्रेस अलमलमा (तस्बिरहरू)

२०७९, २९ भाद्र बुधबार ०५:४६

भदौ २९, काठमाडौँ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चर्चित अभिनेत्री रेखा थापाले मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनावमा सिफारिस भएकी थापा अहिले आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त देखिएकी छिन् ।


थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी मैदानमा होमिएकी छिन् उनले नेकपा एमालेका भानुभक्त ढकाल र नेपाली कांग्रेसका सुनिल शर्मा पनि यही क्षेत्रबाट चुनावी कसरतमा रहेका छन् । उनी विगत केही समयदेखि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित रहेको थापाले बताइन् ।

सबैबाट चिनिएकी नायिका भएकोले पनि उनको क्रेज अहिले यो निर्वाचन क्षेत्रमा देखिएको छ। पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दर हरैचाका मतदातासँगको भेटघाटको क्रममा थापालाई हेर्नकै लागि पनि आउनेहरूको ठुलै हुने गरेको छ । सबै उमेर समूहका मतदाताको माया पाइरहेको उनले बताइन् । थापा उम्मेदवार बनेर आउने बताउँदै गाउँ-गाउँ जाँदा मतदातामा उत्साह देखिन्थ्यो । सधैँ एउटै पार्टी र उस्तै खालको नेतालाई भोट हालेका मतदाता यो निर्वाचनमा भने फरक अनुहार देखिएकोमा खुसी देखिएका छन् । नेता भनेको शासक नभई सेवक हुनुपर्ने रेखाको भनाई छ । 


पुराना नेताहरूले जनतालाई वर्षौँदेखि रुवाएर राखेकाले अब असल उम्मेदवारलाई मतदान गर्ने स्थानीयहरूको प्रतिक्रिया पाएको उनले बताइन । हातमा डायरी र कलम बोकेर कुर्तामा सजिएर मतदाताकोमा पुगेकी थापा भन्छिन्, ‘मलाई युवाको हौसला र बुबा आमाको आशीर्वाद रहेको छ।’हारजित जे भएपनि जनताहरूको साथमै रहने रेखाको प्रतिबद्धता छ । रेखाको निर्वाचन क्षेत्रमा सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या रहेको छ । स्थानीयले समस्याबारे निकै गम्भीरतापूर्वक बताउने गरेका छन् ।


मोरङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल उठ्ने चर्चा छ । त्यस्तै कांग्रेसका तर्फबाट मेडिकल व्यवसायी सुनिल शर्माको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प