१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङ ३ मा रेखाको क्रेज, एमाले-कांग्रेस अलमलमा (तस्बिरहरू)

२९ भाद्र २०७९, बुधबार ०५:४६

भदौ २९, काठमाडौँ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चर्चित अभिनेत्री रेखा थापाले मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनावमा सिफारिस भएकी थापा अहिले आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त देखिएकी छिन् ।


थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी मैदानमा होमिएकी छिन् उनले नेकपा एमालेका भानुभक्त ढकाल र नेपाली कांग्रेसका सुनिल शर्मा पनि यही क्षेत्रबाट चुनावी कसरतमा रहेका छन् । उनी विगत केही समयदेखि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित रहेको थापाले बताइन् ।

सबैबाट चिनिएकी नायिका भएकोले पनि उनको क्रेज अहिले यो निर्वाचन क्षेत्रमा देखिएको छ। पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दर हरैचाका मतदातासँगको भेटघाटको क्रममा थापालाई हेर्नकै लागि पनि आउनेहरूको ठुलै हुने गरेको छ । सबै उमेर समूहका मतदाताको माया पाइरहेको उनले बताइन् । थापा उम्मेदवार बनेर आउने बताउँदै गाउँ-गाउँ जाँदा मतदातामा उत्साह देखिन्थ्यो । सधैँ एउटै पार्टी र उस्तै खालको नेतालाई भोट हालेका मतदाता यो निर्वाचनमा भने फरक अनुहार देखिएकोमा खुसी देखिएका छन् । नेता भनेको शासक नभई सेवक हुनुपर्ने रेखाको भनाई छ । 


पुराना नेताहरूले जनतालाई वर्षौँदेखि रुवाएर राखेकाले अब असल उम्मेदवारलाई मतदान गर्ने स्थानीयहरूको प्रतिक्रिया पाएको उनले बताइन । हातमा डायरी र कलम बोकेर कुर्तामा सजिएर मतदाताकोमा पुगेकी थापा भन्छिन्, ‘मलाई युवाको हौसला र बुबा आमाको आशीर्वाद रहेको छ।’हारजित जे भएपनि जनताहरूको साथमै रहने रेखाको प्रतिबद्धता छ । रेखाको निर्वाचन क्षेत्रमा सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या रहेको छ । स्थानीयले समस्याबारे निकै गम्भीरतापूर्वक बताउने गरेका छन् ।


मोरङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल उठ्ने चर्चा छ । त्यस्तै कांग्रेसका तर्फबाट मेडिकल व्यवसायी सुनिल शर्माको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट