१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जबराले सरकारले नजरबन्दमा राखेको आरोप लगाएपछि मानवअधिकार आयोगको टोली पुग्यो बालुवाटार

२ आश्विन २०७९, आईतवार ०९:१३

असोज २, काठमाडौँ | निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नै घरभित्र नजरबन्दमा राखेको आरोप लगाएपछि राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ। मानव अधिकार आयोगको टोली जबरालाई नजरबन्द बनाएको विषयमा बुझ्नको लागि अहिले बालुवाटरमा पुगेको छ।


मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले घटनाको जानकारी लिन जबरा बस्दै आएको सरकारी निवास पुगेको पुष्टि गरे।

प्रतिनिधिसभाबाट आफू माथि लागेको महाअभियोग निष्क्रिय भएको अवस्थामा आफू सर्वोच्च अदालत जान खोज्दा घरभित्र नै नजरबन्द जस्तै राखेको आरोप जबराले लगाएका छन्। जबरा हाल बालुवाटारस्थित सरकारी निवासमा छन्। निवास अगाडी सुरक्षाकर्मीको बाक्लो उपस्थित रहेको छ। निवासबाट निस्किने गाडीलाई पनि प्रहरीले चेक गरेर मात्र बाहिर जान दिएको छ।

महाभियोग सिफारिस समितिको बहुमतको प्रतिवेदनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने आधार र कारणसहितको प्रतिवेदन शनिवार बुझाएको छ। त्यसपछि शनिवार नै जबराले अदालत हाजिर हुने बताएका थिए। आइतबार बिहानैदेखि अदालत परिसरमा पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखियो। त्यसो त केही अधिवक्ता र विभिन्न सङ्गठनमा आबद्ध अधिवक्ताहरू पनि विरोधको लागि तयारी अवस्था थिए। एका दुई जना जबराको स्वागतको लागि हातमा खादा बोकेर पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट