१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकट वितरण गर्न नेताहरूलाई गाह्रो छ भन्ने बुझिदिनुस्: आरजु राणा

२ आश्विन २०७९, आईतवार १०:४३

असोज २, काठमाडौँ | नेपाली कांग्रेसकी नेता आरजु राणा देउवाले चुनावको तयारीमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तयारीमा होमिन उनले आग्रह गरेकी हुन्।


टिकट पाउनेहरू र टिकट पाउन प्रतिस्पर्धा गरिराखेकाहरू सबै चुनावी अभियानमा होमिनुपर्ने पनि उनले बताइन्।

महेश्वरी कुँवरले लेखेको पुस्तक ‘पाल्पा’ विमोचन समारोहमा आज बोल्दै कांग्रेस केन्द्रीय सदस्य राणाले गठबन्धनका कारण सबै ठाउँमा टिकट वितरण गर्न नसकिने नेताहरूका अप्ठ्यारा पनि बुझिदिन आग्रह गरेकी थिइन्।

‘गठबन्धनमा रहेका दलहरूले यसअघि जिलेका ठाउँमा छाड्नुपर्ने हुन सक्छ। यसो गर्दा धेरै राम्रा व्यक्तिहरूले टिकट नपाउने हुनसक्छ,’ उनले भनिन्, ‘टिकट वितरणका लागि हुने छलफलमा म त भाग लिन पाउन्न। तर उहाँ (नेताहरूलाई) धेरै गाह्रो छ, धेरै उकुसमुकुस छ।’

उनले पहिले देश, पार्टी अनिमात्र आफूलाई केन्द्रमा राख्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरेकी थिइन्।

‘टिकट पाउनेलाई बधाई। नपाउनेहरू पनि भोट हाल्नतिर लाग्नुस्,’ उनले भनिन्, ‘चुनावमा जसले टिकट पाउँछ ऊ व्यक्ति होइन, पार्टी प्रतिनिधि हो।’

कांग्रेसले पाँचदलीय सत्ता गठबन्धनसँग तालमेल गरेर मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको छ। तर अहिलेसम्म प्रत्यक्षतर्फ कुन पार्टीले कति सिटमा उम्मेदवारी दिने टुंगो लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट