२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकट वितरण गर्न नेताहरूलाई गाह्रो छ भन्ने बुझिदिनुस्: आरजु राणा

२०७९, २ आश्विन आईतवार १०:४३

असोज २, काठमाडौँ | नेपाली कांग्रेसकी नेता आरजु राणा देउवाले चुनावको तयारीमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तयारीमा होमिन उनले आग्रह गरेकी हुन्।


टिकट पाउनेहरू र टिकट पाउन प्रतिस्पर्धा गरिराखेकाहरू सबै चुनावी अभियानमा होमिनुपर्ने पनि उनले बताइन्।

महेश्वरी कुँवरले लेखेको पुस्तक ‘पाल्पा’ विमोचन समारोहमा आज बोल्दै कांग्रेस केन्द्रीय सदस्य राणाले गठबन्धनका कारण सबै ठाउँमा टिकट वितरण गर्न नसकिने नेताहरूका अप्ठ्यारा पनि बुझिदिन आग्रह गरेकी थिइन्।

‘गठबन्धनमा रहेका दलहरूले यसअघि जिलेका ठाउँमा छाड्नुपर्ने हुन सक्छ। यसो गर्दा धेरै राम्रा व्यक्तिहरूले टिकट नपाउने हुनसक्छ,’ उनले भनिन्, ‘टिकट वितरणका लागि हुने छलफलमा म त भाग लिन पाउन्न। तर उहाँ (नेताहरूलाई) धेरै गाह्रो छ, धेरै उकुसमुकुस छ।’

उनले पहिले देश, पार्टी अनिमात्र आफूलाई केन्द्रमा राख्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरेकी थिइन्।

‘टिकट पाउनेलाई बधाई। नपाउनेहरू पनि भोट हाल्नतिर लाग्नुस्,’ उनले भनिन्, ‘चुनावमा जसले टिकट पाउँछ ऊ व्यक्ति होइन, पार्टी प्रतिनिधि हो।’

कांग्रेसले पाँचदलीय सत्ता गठबन्धनसँग तालमेल गरेर मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको छ। तर अहिलेसम्म प्रत्यक्षतर्फ कुन पार्टीले कति सिटमा उम्मेदवारी दिने टुंगो लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी