१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लौरो’ चुनाव चिन्ह खारेज गर्न स्वतन्त्र उम्मेदवारहरूको माग

२ आश्विन २०७९, आईतवार १२:२८

असोज २, काठमाडौँ | लौरो चुनाव चिन्हको सम्बन्धमा प्रष्ट पारिदिन निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।  हाम्रो नेपाल पार्टीले केहि समय अघि नै लौरो चुनाव चिन्ह आफ्नो भनेर आयोगमा दर्ता गरेपनि स्वतन्त्रहरूको साझा चिन्ह भन्दै प्रचार भएपछि आयोगसँग प्रष्टिकरणका लागि निवेदन दर्ता भएको हो । आइतबार निर्वाचन आयोगमा पुगेर काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेदवार विजय कँडेल र क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेदवार सुनिल रिजालले संयुक्त रूपमा हाम्रो नेपाल पार्टीको लौरो चिन्ह बारेमा प्रष्टिकरण दिन निवेदन दर्ता गराएका हुन्। 


स्थानीय तहको निर्वाचनमा आयोगले ‘लौरो’ चुनाव चिन्ह केहि उम्मेदवारहरूलाई प्रदान गरेकोमा हाल सोहि चुनाव चिन्हलाई हाम्रो नेपाल पार्टीले स्वतन्त्रहरुको साझा चुनाव चिन्ह लौरो भनेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा प्रचार प्रसार गरिरहेको छ। यो निर्वाचन चिन्ह आयोगले २०७९ असार २९ गते (सि.नं. ११४, दर्ता नं. १८८०) अनन्तराज घिमिरेको अध्यक्षतामा रहेको ‘हाम्रो नेपाली पार्टी’ नामको दललाई दिइ सकेको छ । यद्यपि दलको रुपमा दर्ता भएपछि पनि उक्त पार्टीले भने आफूलाई स्वतन्त्र भनेर दावी गर्ने गरेको र चुनाव चिन्ह समेत स्वतन्त्रहरूको साझा भन्ने गरेकाले उक्त क्रियाकलाप कानुन विपरित क्रियाकलाप भएको उजुरी पत्रमा लेखिएको छ । 

‘दलका रूपमा दर्ता भएपछि कसरी त्यो स्वतन्त्र रह्यो ? र, निर्वाचन आयोगले पार्टी दर्ता गर्दा नै यो स्वतन्त्रहरुको साझा चुनाव चिन्ह भनेर दर्ता गरेको त होइन होला नि !,’ उजुरी कर्ता कँडेलले भने, ‘हाम्रो नेपाल पार्टी भनेर दर्ता भइसकेपछि अब यस निर्वाचन आयोगले लौरो चुनाव चिन्हका बारेमा प्रष्ट पारिदिनुपर्छ।’

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेदवार सुनिल रिजालले पनि पार्टी दर्ता गर्दा साझा चुनाव चिन्ह भनेर दर्ता गरेको छैन भने उक्त चुनाव चिन्ह स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम छर्ने काम भएको भन्दै आपत्ति जनाएका छन्। उनले हाम्रो नेपाल पार्टीले जनतामा भ्रम छर्न लिएको लौरो  चुनाव चिन्ह खारेज गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट