२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन प्रक्रिया सुरु:समानूपातिकतर्फको बन्दसूची आज र भोली पेश बुझाइने

२०७९, ३ आश्विन सोमबार ०३:३७

असोज ३, काठमाडौं | आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले आज निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची पेस गर्दैछन्। 

 निर्वाचन आयोगले आज र भोली समानूपातिक तर्फको बन्दसूची पेश गर्ने तालिका तय गरेता पनि अधिकांश दलहरुले आज मात्रै आयोगमा बन्दी सूची बुझाउने तयारी गरेका छन्। 

निर्वाचन कार्यक्रम अनुसार असोज ४ देखि ९ गतेसम्म आयोगले दलहरुले बुझाएको बन्दसूची छानबिन गरी आवश्यकताअनुसार सच्याउन दलहरुलाई सूचित गर्ने, १० देखि १६ गतेसम्म उम्मेदवारहरुको बन्द सूची संशोधन गरी पेश गर्ने, १७ गते बन्द सूचीमा रहेका उम्मेदवारहरुले चाहेमा नाम फिर्ता लिने र दललाई जानकारी दिने तालिका छ। 

यस्तै असोज २० देखि २२ गतेसम्म नाम फिर्ता लिएर रिक्त भएको ठाउँमा अर्को नाम पेश गर्ने र २२ गते नै उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने निर्वाचन कार्यक्रम छ। 

राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ ।

आयोगले तयार गरेको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी