२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना

२०७९, ४ आश्विन मंगलवार ०४:५८

असोज ४, खोटाङ | निर्वाचन आयोगले खोटाङका मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना तोकेको छ । पटक–पटक सुचनामार्फत ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका पाँच र हलेसी तुवाचुङका १० उम्मेदवारलाई जरिवाना गरेको हो । 

आयोगले निर्वाचन खर्च नबुझाएकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राप्रपाबाट मेयरमा उठेकी चन्द्रकुमारी राई, एमालेबाट मेयरमा उठेका कुमारप्रसाद आचार्य, राप्रपाबाट मेयरमा उठेका जीवनकुमार श्रेष्ठ, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा उठेका सुवास राई र एमालेबाट उपमेयरमा उठेका बिणादेबी राईलाई जरिवाना तोकेको छ । 

हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट मेयरमा उठेकी बिमला राई (निर्वाचित), एमालेबाट मेयरमा उठेका खडेन्द्र राई, जसपाबाट मेयरमा उठेका अञ्जिल राई, माओवादी केन्द्रबाट मेयरमा उठेकी रुसिका राई, मंगोल नेशनल अर्गनाइजेसनबाट मेयर उठेका बिनेश राई, राप्रपाबाट मेयर उठेका छत्र पुरी, खम्बूवान राष्ट्रिय मोर्चाबाट मेयर उठेका तुलसीकुमार राई, कांग्रेसबाट उपमेयर उठेका रमेशकुमार राउत (निर्वाचित), माओवादी केन्द्रबाट उपमेयर उठेका अमेम्बर राई र एमालेबाट उपमेयर उठेका तुलसा बुढाथोकीलाई साँढे चार लाखका दरले जरिवाना गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी