२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महारानीको अन्त्येष्टिका भाग लिन आएका परराष्ट्रमन्त्री खड्का कार्यकर्ता भेटघाटमा

२०७९, ४ आश्विन मंगलवार ०५:२०

असोज ४, लण्डन | बेलायत भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा. नारायण खड्का नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् । महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिका लागि बेलायत आएका खड्काले सोमबार बेलायतस्थित नेपाली दूतावासमा नेपाली जनसम्पर्क समितिका कार्यकर्तालाई भेटेका हुन् । 

 

खड्काले बेलायतमा रहेका पार्टी कार्यकर्तालाई देश र पार्टीका लागि क्रियाशील रहन निर्देशन दिए । उनले आगामी संघीय निर्वाचनमा  नेपाल गएर आ-आफ्नो भूमिका वहन गर्नसमेत अनुरोध गरे । खड्काले कुनै पनि पार्टीभित्र हुने मतान्तर सामान्य हुने भएकाले गुट, उपगुटको क्रियाशीलता चुनावका लागि अन्तरघाती हुने विचार व्यक्त गर्दै निर्वाचनमा एकजुट हुन् आह्वान गरे । 

भेटघाटमा नेपाली जनसम्पर्क समितिका सभापति युवराज गुरुङलगायतले भूतपूर्व गोर्खा सैनिकहरुको न्यायका लागि परराष्ट्र मन्त्रलायलाई सहयोगका लागि आग्रह गरे । उनीहरूले भूपूगोर्खाहरूको समान अधिकार र पेन्सनका लागि जारी आन्दोलनमा नेपाली का‌ग्रेसका नेताहरूले निर्णायक भूमिका खेल्न सुझाव दिए ।  

कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका नेताहरू विनोदराज मोक्तान, केशबहादुर गुरुङ, हितकाजी गुरुङ, महेशकुमार दाहाल, कुमारी गुरुङ, डा. सुमाया राई, सूर्य नेम्बाङ, तस्वीर लामा, ई. तेजेन्द्र रोकामगर, राजकुमार सुनार, जंग पुन, अर्जुन कटुवालसमेत उपस्थित थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी