१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौं : प्रचण्ड

५ आश्विन २०७९, बुधबार ११:४६

असोज ५, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध अदालत जाने बताएका छन्। राष्ट्रपति भण्डारीले मंगलबारसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि संविधानविपरीत काम गरेको भन्दै प्रचण्डले अदालत जान लागेको बताए।


'संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार अदालतलाई छ। त्यो संविधानले नै परिभाषित पनि गरेको छ। अदालत जाने भनेरै हामीले अधिवक्ताहरुसँग छलफल पनि गर्दैछौं,' प्रचण्डले भने।

उनले राष्ट्रपति भण्डारीले संविधान मिचेको आरोपसमेत लगाए। 'राष्ट्रपतिसँग प्रमाणीकरण नगर्ने कुनै छुट थिएन। तर संविधान मिचेर उहाँले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने काम गर्नुभयो। यस विषयमा गठबन्धनका नेताहरुबीच गम्भीर छलफल भयो र संयुक्त वक्तव्य पनि जारी भयो,' उनले भने।

उनले राष्ट्रपतिको कदम संविधानको विरुद्ध, लोकतन्त्रको विरुद्ध भएकाले त्यसका विरुद्धमा सडकमा प्रदर्शनसमेत सुरु भइसकेको बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट