२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकीका १५ सिटमा टुंगियो गठबन्धनको बाँडफाँट, कुन क्षेत्रमा को उठ्दै ?

२०७९, ६ आश्विन बिहीबार ०६:२४

असोज ६, पोखरा | आगामी ४ मंसिरमा  हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनले गण्डकीका १५ सिटमा भागबण्डा मिलाएका छन् । १८ मध्ये ३ सिटको बाँडफाँट टुंगिन बाँकी छ । हालसम्म टुंगिएको सीटमध्ये प्रतिनिधिसभा तर्फ गोरखा, लमजुङ र बागलुङमा कांग्रेसका उम्मेद्वार रहने छैनन् । मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, स्याङजा र तनहुँमा कांग्रेसका मात्रै उम्मेद्वार हुनेछन् ।

गोरखा १, नवलपुर २ र कास्की ३ को सिट बाँडफाँट भएको छैन । कास्की ३ मा कांग्रेस र माओवादीको दाबी छ भने नवलपुर २ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादी तथा गोरखा १ मा कांग्रेस र माओवादीले दावी छोडेका छैनन् । स्राेतका अनुसार गोरखा १ मा माओवादीले नै पाउने पक्काजस्तै छ । कास्की ३ माओवादी र नवलपुर २ एकीकृत समाजवादीले पाउन सक्ने बताइएको छ ।

मनाङमा कांग्रेसबाट टेकबहादुर गुरुङको नाम सर्वसम्मत छ भने मुस्ताङबाट पुनः रोमी गौचन चुनाव लड्ने बुझिएको छ । नवलपुर १ बाट डा. शशांक कोइराला, पर्वतमा अर्जुनप्रसाद जोशी, म्याग्दीमा खमबहादुर गर्बुजा (खम्बीर), तनहुँ १ बाट रामचन्द्र पौडेल उठ्ने लगभग निश्चितप्रायः छ । तनहुँ २ मा शंकर भण्डारी र प्रदीप पौडेलमध्ये १ ले टिकट पाउने बुझिएको छ । स्याङजा १ बाट राजु थापा वा धनराज गुरुङ तथा स्याङजा २ बाट भागवत प्रकाश मल्लले नै टिकट पाउने सम्भावना छ ।

कास्की १ बाट पुर्व मन्त्री यज्ञबहादुर थापा, निवर्तमान जिल्ला सभापति कृष्णबहादुर केसीसहितका नेताहरू रेसमा छन् । लमजुङमा माओवादीबाट देवप्रसाद गुरुङ, बागलुङ १ मा जनमोर्चाका चित्रबहादुर केसी, बागलुङ २ मा माओवादीका देवेन्द्र पौडेल, गोरखा २ मा समाजवादी पार्टीका नेता डा. बाबूराम भट्टराईले टिकट पाउने लगभग पक्का जस्तै छ । यस्तै, कास्की २ मा एकीकृत समाजवादीबाट तुलबहादुर गुरुङको सम्भावना बढी छ । उम्मेद्वार आकांक्षीहरु धेरै भएकोले टिकट वितरणमा योगदानलाई हेरेर वितरण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी