२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिको राजीनामा माग्दै जसपाले गर्‍यो आन्दोलनको घोषणा

२०७९, ७ आश्विन शुक्रबार ०८:०२

असोज ७, काठमाडौँ | जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ । 

संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीति दुई ध्रुवमा बाँडिएका बेला जसपाले आन्दोलनको घोषणा गरेको हो । 

नागरिकता विधेयक पारित नगरिँदा मधेशका लाखौँ जनता  नागरिकताबाट वञ्चित हुनुपरेको भन्दै जसपा आन्दोलनमा उत्रिएको हो । 

आन्दोलनका कार्यक्रमअनुसार भोलि ८ असोजमा मधेसका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेको विषयमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायी र सञ्चारकर्मीसँग छलफल गर्नेछ । 

साथै ११ असोजमा जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्दै प्रदर्शन, १३ असोजमा पालिकास्तरमा अन्तरक्रिया गर्ने र १५, १६ र १७ असोजमा पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रम रहेको जसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी