१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकमा मजदुरी गर्ने बालबालिका भन्छन्– चाडबाड आओस् कि चुनाव, हाम्रो पीडा कसैले सुन्दैनन्

१० आश्विन २०७९, सोमबार ११:५१

असोज १०, महोत्तरी। चुनाव नजिकिँदै गएसँगै नेताका पुराना रटानहरू पुनरावृत्ति भइरहेका छन् । उनीहरूको भाषणलाई मात्रै मान्ने हो भने त  नेपाल स्वीटजरल्याण्ड बनिसक्यो । जनताले अब आधारभुत आवश्यकताका त कुरै गर्न छाडिसके ।


केही नेता विकासका नक्कली फेहरिस्ता देखाएर भोट माग्न मतदाताको घर आँगनमा देखिन थालिसकेका छन् । नयाँ नेता र दलहरू भने तिनै पुनराना नेतालाई गाली गरेर सहानुभुति बटुलिरहेका छन् । तर, न चरित्र बदलिएको छ न त परिवेश नै ।

यथास्थितिलाई नै मलजल गरिरहेका नेताहरू परिवर्तनको ढोङ फुक्छन् र जनतालाई बन्दी बनाइ रहेका छन् । जसका ज्वलन्त कथाहरू तराइका गल्ली र ग्रामीण बस्तीमा बग्रेल्ती पाइन्छन् ।

यस्तै, प्रतिनिधि उदाहरण हुन् महोत्तरी गौशालाका १२ वर्षीय अभिषेक मुखिया र १४ वर्षीय अर्जुन मण्डल । बर्दिबास नगरपालिकाको चोक र मुख्य बजारमा खाली प्लाष्टिकका बोतल खोज्दै भौतारिने यी दुवै किशोरको साझा समस्या गरिबी हो । तर, परिवेश भने फरक छ । 


गौशाला नगरपालिकास्थित जिरो माइलमा बस्ने यी बालकहरूको दैनिकी फोहोरमा फ्याँकिएको बोतलवाट सुरू हुन्छ । उनीहरू दिनभरी बर्दिबासमा बोतल टिप्छन् र बेलुका गाडी चढेर गौशाला फर्कन्छन् । 

अभिषेककुमार मुखियाका बाबु उमेशकुमार मुखियाको एउटा हात चल्दैन । आमा शान्ति मुखियाले उमेशलाई छाडेर अर्कैसँग बिहे गरिन् । त्यसपछि अभिषेक नै परिवारको पोषणकर्ता बने । 

अभिषेकको घरमा बिरामी बुबा मात्रै छैनन् । उनको आफ्नै पनि खुट्टाभरी घाउ छ । औलाहरू सुन्निएका छन् । कपडा पुराना भएर च्यातिएका छन् । तर यी हातखुट्टा चलिन्जेल अभिषकलाई आराम गर्ने छुट छैन । आफ्ना चाहना र रहर मारेर बिरामी बुबाको पालनपोषण गरिरहेका छन् । 

औसत बालबालिकाको जस्तै अभिषेकको पनि विद्यालय गएर पढ्ने मन छ । खेल्ने रहर छ । काम गर्नै नपरोस् भन्ने चाहना छ । तर, गरिबी उनको लागि पहाड बनेका उभिएको छ । ‘पढ्न मन त छ तर के गर्ने ? बुबालाई पाल्नु पर्याे,’ उनले भने ।

पढ्ने रहर छ ? भनेर सोध्दा उनी निक्कै निन्याउरो अनुहार लगाएर बसिरहे । प्लाष्टिक थुपारेको ठूलो धोक्रामाथि अडेस लागेर रोइ मात्रै राखे । यो दृश्य देखेपछि नेताहरूका ‘बकम्फुसे’ भाषणको स्मरण गर्याै । उनीहरूले झुटको खेती गरेर जनताको गरिबीलाई मजाक बनाइरहेको झलझली सम्झियौं । 


अभिषेकले दिनभरी १० देखि १२ केजी प्लाष्टिकका बोतल बटुल्छन् । एक केजीको २५ रूपैयाँ आउँछ । यसबाट उनी तीन सय रुपैयाँ जति कमाउँछन् । त्यही पैसाबाट उनको परिवार चल्छ । अभिषेकले आँशु पुछेर फेरि भने, ‘बुबालाई सरकारले अलिकति पैसाको ब्यवस्था गरिदिए म विद्यालय जान पाउँथेँ की ।’

अर्जुन मण्डलको व्यथा पनि उस्तै छ । अर्जुनको बुबाआमा दुवै छन् । तर, पढाउन सक्ने क्षमता छैन । सामान्य बनिबुतो गरेर बिहान बेलुकीको छाक टार्ने मण्डल परिवारले अर्जुनलाई विद्यालय पठाउन सक्दैन । यद्यपि, अभिषेकको बिरामी बुबाको उपचार र के खुवाउने भन्ने पीर अर्जुनलाई छैन ।

दुवै जना विद्यालय जान नपाएका कारण एकअर्काका सयात्री बनेका छन् । उनीहरूको हाँस्ने, खेल्ने वा रमाइलो गर्न कुनै समूह छैन । नत साथीसङ्गीको जमात नै छ । तर यी दुई जना एक अर्काेका लागी सबैथोक बनेका छन् ।

दसैंै नजिकै आएको छ । बजारको चलपहल बढेको छ, मान्छेहरूको भीडभाड थेगिनसक्नुको छ । आफन्त तथा टाढा भएकाहरू एकै ठाउँमा जमघट हुँदैछन् । तर, अभिषेक र अर्जुनको दुनिया फरक छ ।

चाहे दसैँ होस या चाहे छठ होस । पर्व उनीहरूको लागी आउँछ जान्छ । अर्जुन र अभिषेकले अहिलेसम्म कुनै पनि पर्वको महसुस नै नगरेको बताए । आफ्ना पीडा सुनाएर उनीहरू पुनः गन्तव्यतर्फ लागे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट