२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यायोचित सिट बाँडफाँट नभए प्रचण्डविरुद्ध उम्मेदवारी दिने गुरुराज घिमिरेको चेतावनी

२०७९, ११ आश्विन मंगलवार १२:०९

असोज ११, काठमाडौं | नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उम्मेदवारी दिने बताएका छन् । साथै उनले प्रचण्डलाई आफूहरूको भाग नखोस्न चेतावनी दिएका छन् । 


मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै नेता घिमिरेले पार्टी भित्र तालमेल गर्दा संस्थापनइतर समूहलाई न्यायोचित भागबण्डा नगरे विद्रोह गरेर प्रचण्ड विरुद्ध उम्मेदवारी दिने उनले बताए । ‘कांग्रेसबाट विद्रोह गरेर चितवन ३ मा उठ्छु । उनले मोरङ ४ माओवादी केन्द्रले लगे चितवन गएर प्रचण्डसँग चुनाव लड्ने चेतावनी दिएका हुन् ।

'मोरङ ४ कांग्रेसको वर्चस्व भएको क्षेत्र हो । त्यहाँबाट चुनाव लड्ने मैले आकांक्षा राखेको छु । तर,  यो क्षेत्र सिट बाँडफाँट हुँदा माओवादी केन्द्रलाई दिने सहमति भएको छ भन्ने सुनेको छु,' उनले भने, 'कांग्रेसका साथीहरूको भाग खोस्ने हो भने प्रचण्डसँगै लड्न चितवन किन नजाने ? उहाँले हाम्रो भाग खोस्नुहुन्छ, हामी उहाँसँग प्रतिस्पर्धा गर्न जान्छौँ ।' 

उनले समानुपातिकतर्फको बन्दसूची नसच्याए देशभर विद्रोह गर्ने चेतावनी दिए । 'हामीले असोज १६ गतेसम्म पर्खिन्छौँ । बन्दसूची नसच्याए देशभर विद्रोह सुरु हुन्छ,'उनले भने । 

नेता घिमिरेले पार्टी नेतृत्वले २०६४ यताका कुनै पनि निर्वाचनमा आफूहरूलाई उम्मेदवार बनाउन नचाहेको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी