2026-10-02 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यायोचित सिट बाँडफाँट नभए प्रचण्डविरुद्ध उम्मेदवारी दिने गुरुराज घिमिरेको चेतावनी

असोज ११, काठमाडौं | नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उम्मेदवारी दिने बताएका छन् । साथै उनले प्रचण्डलाई आफूहरूको भाग नखोस्न चेतावनी दिएका छन् । 

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै नेता घिमिरेले पार्टी भित्र तालमेल गर्दा संस्थापनइतर समूहलाई न्यायोचित भागबण्डा नगरे विद्रोह गरेर प्रचण्ड विरुद्ध उम्मेदवारी दिने उनले बताए । ‘कांग्रेसबाट विद्रोह गरेर चितवन ३ मा उठ्छु । उनले मोरङ ४ माओवादी केन्द्रले लगे चितवन गएर प्रचण्डसँग चुनाव लड्ने चेतावनी दिएका हुन् ।

‘मोरङ ४ कांग्रेसको वर्चस्व भएको क्षेत्र हो । त्यहाँबाट चुनाव लड्ने मैले आकांक्षा राखेको छु । तर,  यो क्षेत्र सिट बाँडफाँट हुँदा माओवादी केन्द्रलाई दिने सहमति भएको छ भन्ने सुनेको छु,’ उनले भने, ‘कांग्रेसका साथीहरूको भाग खोस्ने हो भने प्रचण्डसँगै लड्न चितवन किन नजाने ? उहाँले हाम्रो भाग खोस्नुहुन्छ, हामी उहाँसँग प्रतिस्पर्धा गर्न जान्छौँ ।’ 

उनले समानुपातिकतर्फको बन्दसूची नसच्याए देशभर विद्रोह गर्ने चेतावनी दिए । ‘हामीले असोज १६ गतेसम्म पर्खिन्छौँ । बन्दसूची नसच्याए देशभर विद्रोह सुरु हुन्छ,’उनले भने । 

नेता घिमिरेले पार्टी नेतृत्वले २०६४ यताका कुनै पनि निर्वाचनमा आफूहरूलाई उम्मेदवार बनाउन नचाहेको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते