२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यिनै नेता र पार्टीलाई भोट दिए देश बिगार्ने कार्यमा मतदाताको पनि संलग्नता ठहर्छ : राजेन्द्र लिङ्देन

२०७९, १२ आश्विन बुधबार १०:३८

असोज १२, काठमाडौं | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै नेता र दललाई मतदान गरे अब देश नबन्नुमा जनतामा पनि दोषी पनि हुने बताएका छन् । 

काठमाडौंमा बुधबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कै नेता तथा दललाई कतिपटक जिताउँदा देश बन्छ भन्दै प्रश्न गरे । ‘यिनै पार्टी, यिनै नेता, जसलाई तपाईंले कतिचोटी भोट दियो भने देश बन्छ होला ?,’ उनले भने, ‘अब पनि यिनै पार्टी, यिनै नेतालाई भोट दिने भनेको ति नेतामात्र दोषी होइनन्, ति पार्टीमात्र दोषी होइनन्, तिनलाई भोट दिने तपाईं पनि दोषी हो । देश बिगार्ने काममा तपाईं पनि संलग्न भएको ठहर्छ । कांग्रेस, कम्युनिष्ट कार्यकर्ताले भन्नसक्छन्–हाम्रो नेतालाई यति पटक जिताओ भने देश बन्छ भनेर ?’


दलीय भागबण्डामा न्यायाधीश र संवैधानिक अंगमा पदाधिकारी नियुक्त गरेका दलहरुले राप्रपालाई पश्चगामीको आरोप लगाएको भन्दै उनले अहिलेको राजनीतिक प्रणाली नै असफल भएको दाबी छन् ।

‘हामीले राजनीतिक दलरहित न्याय परिषद हुनुपर्छ भनिरहेका छौँ । दलीय भागबण्डामा न्यायाधीश नियुक्त हुनुहुँदैन भनिरहेका छौँ । तपाइँहरु दलीय भागबण्डाका आधारमा संवैधानिक अंगहरुमा नियुिक्त गरिरहनु भएको छ, फोन गरेर मुद्दा फैसला गर्न निर्देशन दिइरहनुभएको छ, तपाईंहरु अग्रगामी ? अनि हामी पश्चगामी ?,’ उनले भने ।

२०४६ सालपछिका सबै उच्च पदस्थ कर्मचारी र नेताहरुको सम्पत्ति छानबिन गर्न राप्रपाले माग गरिरहेको भन्दै उनले अहिलेको निर्वाचन प्रणाली नै असफल भएको दाबी गरे । 

२०४६ सालयताका कुनै पनि सरकारले कार्यकाल पूरा गर्न नसकेको भन्दै उनले ३२ वर्षको समयमा २६ वटा सरकार बनेका र ति सरकारले कार्यकाल पूरा गर्न नसक्नुमा निर्वाचन प्रणाली नै कारक रहेको बताए । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने उनको माग छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी