१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलाई सम्पर्कविहीन भन्नु हास्यास्पद : भिम रावल

१३ आश्विन २०७९, बिहीबार ०९:०८

असोज १३, काठमाडौं | नेकपा एमालेका डा भिमबहादुर रावलले आफूलाई सम्पर्कविहीन भनेर प्रसार गर्नु हास्यास्पद भएको बताएका छन्।

अछाम क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएका रावललाई पार्टीको सम्पर्कमा नरहेको भन्दै उनको विकल्पका रुपमा केही दिनअघि एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र अध्यक्ष कर्ण थापासहितको टोली अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेका थिए। 


रावलले आफूलाई सम्पर्कविहीन भएको भन्दै प्रदेश कमिटीका अध्यक्ष र इन्चार्जले गरेको प्रचारको खण्डन गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत् रावलले आफूलाई सम्पर्कविहीन भएको भनेर प्रचार गरिनु हास्यास्पद भएको बताएका छन्। 

उनले आफू आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्ला केन्द्रित भएको स्पष्ट पारेका छन्।

ट्विटमार्फत् रावलले भनेका छन्, ‘पार्टीको सम्पर्कमा नरहेको भन्ने के हो भनि धेरै पत्रकारले प्रश्न गर्नुभयो। म अछाम प्रतिनिधिसभा क्षेत्र नं.१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ। योबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ। म सम्पर्कविहीन भन्नु हास्यास्पद।’

नेता रावलले एमालेको १० औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका थिए। रावल अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि एकल सिफारिस भएको भए पनि ओली निकट एमाले नेताहरुले रावलको विकल्पमा ध्यान दिन रिपोर्टिङ गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट