१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा सत्ता गठबन्धन संकटमा, एकीकृत समाजवादी बाहिरिने विषयमा छलफल

२४ आश्विन २०७९, सोमबार १०:०५

असोज २४, नुवाकोट | कांग्रेस र माओवादी केन्द्र मिलेर नेकपा एकीकृत समाजवादीले पाएको टिकट खोसेपछि नुवाकोटमा सत्ता गठबन्धनमा आवद्ध दलबीच किचलो बढेको बढेको छ । 

गठबन्धनबीच भागबण्डामा समाजवादीले जिल्लाका प्रतिनिधिसभमा दुई प्रदेशसभाका चार सिटमध्ये एउटा प्रदेशसभा पाउने सहमति केन्द्रमा भएको थियो । तर, उम्मेदवारी मनोनयनका क्रममा कांग्रेस र माओवादीले माथिको सहमति लत्याउँदै उम्मेदवारी दर्ता गराएपछि विवाद बढेको हो । 

तीन दलबीचको समझदारीअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर–२  (क) समाजवादीको भागमा परेको थियो । समाजवादीले पूर्वसांसद राजेन्द्रप्रकाश लोहनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेस–माओवादीले माथिको निर्णय उल्ट्याएको भन्दै समाजवादीबाट लोहनीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । कांग्रेस र माओवादीको सहमतिअनुसार रामप्रसाद ढुंगानाले सोही क्षेत्रमा उम्मेदवारी दिएपछि गठबन्धनमा संकट उत्पन्न भएको छ । 

उम्मेदवारी मनोनयनको केही घण्टाअघि मात्र आइतबार कांग्रेस र माओवादीले प्रदेशसभामा पहिला पाएका क्षेत्र परिवर्तन गरी समाजवादीको टिकट खोसेका हुन् । 

प्रतिनिधिसभाको क्षेत्र नम्बर–२ मा कांग्रेस तथा प्रदेशसभाको (क) मा समाजवादी र (ख) मा माओवादी केन्द्रले लिने सहमति शीर्ष नेतृत्व र सिट बाँडफाँट कार्यदलमा भएको थियो । प्रतिनिधिसभामा काँग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिएका छन् । 

प्रदेश (क) मा समाजवादीबाट लोहनी र (ख) मा माओवादीबाट राममाया बोगटीले टिकट पाइसकेका थिए । अन्तिम समयमा आएर दुई दलले प्रदेशसभाको क्षेत्र साटफेर गरी आफ्नो दललाई प्रतिनिधिसभा र प्रदेशसभाका ६ वटै क्षेत्रमा प्रतिनिधित्वविहीन बनाउन खोजेको भन्दै समाजवादीले गठबन्धन तोडेने चेतावनी दिएको छ । 

समाजवादीको भागमा परेकोे प्रदेश (क) मा माओवादीबाट ढुंगाना र  माओवादीले पाउने भनिएको प्रदेश (ख) मा कांग्रेसका निवर्तमान सांसद बहादुरसिंह लामा तामाङले उम्मेदवारी दिएका छन् ।

समाजवादीका जिल्ला इन्चार्जसमेत रहेका राजेन्द्रप्रकाश लोहनीले आफूहरु गठबन्धनमा बस्नुको औचित्य नभएको बताए । माओवादीले उम्मेदवारी फिर्ता नलिए गठबन्धन तोड्नेबारे शीर्ष नेतृत्वसँग कुराकानी गरिरहेको उनले बताए । ‘हामीले केही नपाउने र कांग्रेस र माओवादीलाई जिताइदिनुपर्ने हो भने गठबन्धनमा रहनुको अर्थ नै के रह्यो र ?,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर