२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीमा १२७ उम्मेदवार

२४ आश्विन २०७९, सोमबार १०:३५

असोज २४, सप्तरी | आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि विभिन्न पार्टी र स्वतन्त्र गरी १२७ जनाले मनोनयन दर्ता गराएका छ्न् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आइतबार विभिन्न पार्टी तथा स्वतन्त्र गरी १२७ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जानकारी दिएको छ ।

सप्तरी १ मा प्रतिनिधिसभामार्फत एमाले-जसपा गठबन्धनबाट नवलकिशोर साह, सत्तारुढ गठबन्धनबाट रामदेव साह, मंगोल नेसनल अर्गनाइजेसनबाट पदमबहादुर राना, नेपाल मजदुर किसान पार्टी हरिशंकर पण्डित,राष्ट्रिय प्रजातन्त्र पार्टी विष्णुदेव यादव, नागरिक उन्मुक्ति पार्टी टीकालक्ष्मी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागेश्वरप्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टी निरंजनप्रसाद कुशवाह, स्वतन्त्र उम्मेदवार कविन्द्र यादव, सर्वेन्द्रकुमार नायक, नारायण ठाकुर, विद्यानन्द लेखी, दिलीपकुमार चौधरी छ्न् ।

सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसहित ११ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । एमाले-जसपा गठबन्धनबाट यादव, सत्तारुढ गठबन्धनको तर्फबाट जयप्रकाश ठाकुर, जनमत पार्टीबाट राउत उठ्दैछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कैला मन्सुरी मियाँ, हाम्रो नेपाली पार्टीबाट डम्बरनारायण साह तेली, नेपाली कांग्रेस( बिपी) बाट प्रा. डा. चिरञ्जीवी लाल दास, नेपाल मज्दुर किसान पार्टीबाट देवनारायण यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट हजरत अलि, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरुणकुमार झा र स्वतन्त्र उम्मेदवार वीरेन्द्रकुमार मिश्राले मनोनयन दर्ता गराएका हुन् ।

सिराहा ३ मा एमाले-जसपा गठबन्धनबाट ताराकान्त चौधरी, सत्तारुढ गठबन्धनबाट दिनेशकुमार यादव, हाम्रो नेपाली पार्टीबाट नवीनकुमार मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोदकुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गंगाराम ठाकुर र स्वतन्त्रबाट सिताराम मण्डलले मनोनयन दर्ता गराएका छ्न् ।

सिराहा ४ मा सत्तारुढ गठबन्धनबाट तेजुलाल चौधरी, एमाले जसपा गठबन्धनबाट वालकिशोर यादव, नागरिक उन्मुक्ति पार्टीबाट देवान मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मो.इरफान आलम,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कपिलदेव यादव, स्वतन्त्रबाट माधुरीकुमारी साह, सुरेशकुमार चौधरी थारुले मनोनयन दर्ता गराएका छ्न् ।

यसैगरी प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर १ क‍ बाट एमाले जसपा गठबन्धनबाट राजकुमार लेखी, सत्तारुढ गठबन्धनबाट अशोककुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रामआशीष शर्मा, स्वतन्त्रबाट शम्भुबहादुर खड्का, हेमराज तातेड, (ख) को प्रदेश सभा सदस्यमा जसपा- एमाले गठबन्धनबाट सुदम्बर यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट वलदेव साँफी, स्वतन्त्र उम्मेदवारमा रामचन्द्र मण्डल, संतोष कुमार रजकले मनोनयन दर्ता गराएका छ्न ।

सप्तरी २ क बाट एमाले-जसपा गठबन्धनबाट शैलेन्द्रप्रसाद साह, सत्तारुढ गठबन्धनबाट सरोजकुमार मण्डल, जनमत पार्टीबाट सतिशकुमार सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जयनारायण मण्डल, जनता प्रगतिशील पार्टी नेपालबाट सत्यनारायण मुखिया, हाम्रो नेपाली पार्टीबाट कन्हैयाकुमार ठाकुर, नेपाल सद्भावना पार्टीबाट गंगाप्रसाद यादव, नेपाली कांग्रेस ( बिपी) बाट रामनारायण राय,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कालिचन्द्र राय, नेपाल मजदुर किसान पार्टीबाट विणादेवी यादव, स्वतन्त्रबाट कामेश्वर मण्डल, गिरधर मण्डल, पुनिता कुमारी ठाकुर, धिरेन्द्रकुमार साह, चन्द्रकला सिंहले मनोनयन दर्ता गराए ।

क्षेत्र नम्बर २ को (ख) मा सत्तारुढ गठबन्धनबाट उमेशकुमार यादव, एमाले जसपा गठबन्धनबाट लक्षमण यादव, जनमत पार्टीबाट महेशकुमार यादव,नेपाल संघीय समाजवादी पार्टीबाट मो.फरमुद, हाम्रो नेपाली पार्टीबाट खेलानन्दकुमार दास,नेपाली कांग्रेस (बिपी) बाट प्रतिमाकुमारी देव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट फुदनलाल खंग, नेपाल मज्दुर किसान पार्टीबाट महिदेव प्रसाद चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी फलेन्द्र मण्डल, स्वतन्त्रबाट सकुन्तलादेवी यादव, रिंकुदेवी यादव, दुर्गानन्द यादवले मनोनयन दर्ता गराए ।

क्षेत्र नम्बर ३ क बाट सत्तारुढ गठबन्धनबाट मो. समिम, एमाले-जसपा गठबन्धनबाट जोगेन्द्र भगत, जनमत पार्टीबाट रामप्रसाद मण्डल राजधोव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रामकुमार यादव,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुदेव चौधरी, स्वतन्त्रबाट गनुप्रसाद साह,पप्पुकुमार यादव, संजीव नारायण यादव, महेन्द्रप्रसाद चौधरी, मो. आलम, राजेशकुमार यादव, मो. कादिर, रामकुमार यादव रहेका छ्न् ।

खतर्फ जसपा-एमाले गठबन्धनबाट विदेश्वर यादव बिक्की, सत्तारुढ गठबन्धनबाट गजेन्द्रकुमार मण्डल, नेपाली कांग्रेसबाट भगवतीप्रसाद यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट डोमनी देवी राम, जनमत पार्टीबाट शम्भुकुमार साह, नागरिक उन्मुक्ति पार्टीबाट भुवनेश्वर चौधरी, स्वतन्त्रबाट अरमेन्द्र यादव, राधेश्याम पंडित, श्रीकान्त राउत लगायतका छ्न ।

 क्षेत्र नम्बर ४ (क) मा एमाले-जसपा गठबन्धनबाट वालकृष्णा चौधरी थारु, सत्ता गठबन्धनबाट गोविन्दबहादुर न्यौपाने, जनमत पार्टीबाट रोशनप्रसाद भगत, नागरिक उन्मुक्ति पार्टीबाट भुबमेश्वर चौधरी थारु लगायतका छ्न । (ख) बाट जसपा-एमाले गठबन्धनबाट अविषेक यादव, सत्तारुढ गठबन्धनबाट इन्द्रदेव यादव, नागरिक उन्मुक्ति पार्टीबाट भरतकुमार चौधरी थारु रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने