४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमल थापाले भने– म पनि एमाले परिवारको सदस्य भएँ

२४ आश्विन २०७९, सोमबार ११:०३

असोज २४, काठमाडौँ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका कमल थापाले आफू एमाले जस्तो ठूलो पार्टीको परिवारिक सदस्य भएको बताएका छन् ।

राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापाले सोमबार हेटौँडा ४ स्थित एमाले मकवानपुरको पार्टी कार्यालयमा पहिलोपटक औपचारिक मन्तव्य राख्दै एमाले परिवारको सदस्य हुन पाउँदा गर्व महशुस गरेको बताए ।

 

एमालेको सूर्य चिह्नबाट चुनाव लड्न पाउनु आफ्नाा लागि सौभाग्य भएको थापाले बताएका छन् । उनले एमाले मुल राष्ट्रवादी पार्टी भएको भन्दै निर्वाचनमा एमाले रोज्नुको पछाडि राप्रपा नेपाल पनि राष्ट्रवादी पार्टी भएको दाबी गरे । करिब आधा घण्टा बोलेका थापाले अधिकांश समय एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरे ।

मकवानपुर १ बाट आफ्नो उम्मेदवारी रहँदा एमालेका पुराना नेता रामेश्वर राना पछाडि हट्नु परेको विषय कोट्याउँदै थापाले आफ्नो अन्तिम निर्वाचनमा सहयोग गर्न अपिल गरे । आफूले रानाको भाग नखोसेको थापाको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ