2026-09-08 10:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमल थापाले भने– म पनि एमाले परिवारको सदस्य भएँ

असोज २४, काठमाडौँ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका कमल थापाले आफू एमाले जस्तो ठूलो पार्टीको परिवारिक सदस्य भएको बताएका छन् ।

राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापाले सोमबार हेटौँडा ४ स्थित एमाले मकवानपुरको पार्टी कार्यालयमा पहिलोपटक औपचारिक मन्तव्य राख्दै एमाले परिवारको सदस्य हुन पाउँदा गर्व महशुस गरेको बताए ।

 

एमालेको सूर्य चिह्नबाट चुनाव लड्न पाउनु आफ्नाा लागि सौभाग्य भएको थापाले बताएका छन् । उनले एमाले मुल राष्ट्रवादी पार्टी भएको भन्दै निर्वाचनमा एमाले रोज्नुको पछाडि राप्रपा नेपाल पनि राष्ट्रवादी पार्टी भएको दाबी गरे । करिब आधा घण्टा बोलेका थापाले अधिकांश समय एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरे ।

मकवानपुर १ बाट आफ्नो उम्मेदवारी रहँदा एमालेका पुराना नेता रामेश्वर राना पछाडि हट्नु परेको विषय कोट्याउँदै थापाले आफ्नो अन्तिम निर्वाचनमा सहयोग गर्न अपिल गरे । आफूले रानाको भाग नखोसेको थापाको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित