१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

२०७४ मा बस्नेतसँग प्रदेशमा हारेकाे बदला लिने दाउमा बजगाईं

२५ आश्विन २०७९, मंगलवार ०५:४२

असोज २५, गोरखा | गोरखा १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका रामशरण बस्नेत र का‌ंग्रेसका राजेन्द्र बजगाईंसहित १० जना उम्मेदवार छन् । यद्यपि मुख्य प्रतिस्पर्धा भने बस्नेत र बजगाईंबीच हुने देखिन्छ । बस्नेत २०४९ र २०५४ गरी दुईपटकसम्म तत्कालीन नारेश्वर गाविसको अध्यक्ष हुँदै २०७४ को चुनावपछि गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत भइसके । २०७४ को निर्वाचनमा गोरखा १ प्रदेशसभा (ख) बाट कांग्रेसका बजगाईंलाई नै हराउँदै उनी सांसद बनेका थिए । 


२०३५ देखि कम्युनिष्ट आन्दोलनमा लागेका बस्नेत निरन्तर राजनीतिमा सक्रिय हुँदै आएका थिए । यद्यपि बजगाईं भने कांग्रेसभित्र सफल पर्यटन व्यवसायीका रुपमा परिचित छन् । पर्यटन व्यवसायमा बजगाईं अन्तर्राष्ट्रियस्तरमै चिरपरिचित व्यक्ति हुन् । यद्यपि कांग्रेसका पुराना नेतालाई पाखा लगाउँदै उनले टिकट ल्यएपछि पुनः कांग्रेसभित्र अन्तर संघर्ष चर्किन थालेको छ ।

अघिल्लो निर्वाचनमा जोसँग हारे, उसैसँग प्रतिस्पर्धाका निम्ति बजगाईं सत्तारुढ गठबन्धनको तर्फबाट मैदानमा उत्रिने पक्का भएको छ । २०७४ को चुनावमा गोरखा १ (ख) को प्रदेशसभा सदस्यमा एमालेका बस्नेत १६ हजार ६५६ मतसहित निर्वाचित हुँदा बजगाईंले १३ हजार एक मत पाएका थिए । तत्कालीन समयमा एमाले र माओवादी केन्द्रबीच वाम एकता थियो । 

यसपटक भने एमालेलाई माओवादीको साथ छैन । सत्तारुढ गठबन्धन भएकाले यसपालि बस्नेतलाई हराउने कुरामा बजगाईं आशावादी छन् । गत ३० वैशाखको स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा गोरखामा माओवादी पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो, नेसपा चौथो दलको रूपमा स्थापित छन् ।

अन्य दलहरूको भने जनमत गोरखामा कम नै देखिन्छ । यसपटक सत्तारुढ गठबन्धनका कारण एमाले प्रमुख शक्तिहरुको विरुद्ध, राप्रपा, जसपालगायतका साना दलहरूसँगको तालमेलमा निर्वाचन लड्दैछ । गोरखामा एमालेले तालमेल गरेको दलहरूले निर्वाचन प्रभावित बनाउने खालको मत ल्याउन सक्ने स्थिति तत्काल देखिँदैन । गोरखा १ मा एक लाख १५ हजार ३९७ मतदाता छन् ।

अहिलेकै अवस्थाको मतपरिणामको अंकगणित हेर्दा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित देखिन्छ । यद्यपी अंकगणितलाई भन्दा भूगोलका जनताको विकासप्रतिको चाहाना, गठबन्धनप्रतिको वितृष्णा र एमालेले गरेको जनपक्षीय कामका आधारमा जनताको मत पाएर आफूले जित्ने बस्नेत दाबी गर्छन् ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ