२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवार सिफारिस नभएका एमाले नेता भीम रावलले भोलि आफ्नो धारणा सार्वजनिक गर्ने

२०७९, २६ आश्विन बुधबार ०९:५९

असोज २६, काठमाडौं । एमाले नेता भीम रावलले बिहीबार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले उम्मेदवार नबनाए पनि रावल अहिलेसम्म मौन बस्दै आएका थिए । उनले उचित समयमा पार्टीभित्रको पछिल्लो गतिविधि र त्यसमा आफ्नो पोजिसनबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताउँदै आएका थिए । 


रावलले बुधबार प्रेस नोट जारी गर्दै आगामी ४ मंसिरमा हुने निर्वाचनमा अछाम जिल्ला कार्यसमिति, प्रदेश, जिल्ला, वडा, पालिका, निर्वाचन क्षेत्र सबैतिरबाट एकल नाम सिफारिस भए पनि केन्द्रले सिफारिस नभएका व्यक्तिलाई उम्मेदवार बनाएको विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएका हुन् । रावलले बिहीबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वटमा पत्रकार सम्मेलन आयोजना गरेका छन्। उनले आफ्नो आगामी राजनीतिक यात्राबारे पनि त्यहीँ खुलाउने बताएका छन् ।

रावलले पछिल्लो समय पार्टीले वितरण गरेको टिकटबारे असन्तुष्टि जनाउँदै आएका छन् । उनले एमालेले कमल थापालाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिएको, जसपा सरकार र विपक्षी दुवै गठबन्धनमा रहेकोमा आपत्ति जनाएका छन् । त्यस्तै, प्रभु साहका सम्बन्धमा एमाले नेतृत्वले लिएको नीतिको पनि उनले आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी