१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा राप्रपाका एक र दुई स्वतन्त्र उम्मेदवारले गरे उम्मेदवारी फिर्ता

२६ आश्विन २०७९, बुधबार ११:४२

असोज २६, भक्तपुर | भक्तपुरमा एउटा पार्टीका उम्मेदवार र दुई स्वतन्त्र उम्मेदवारले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपा नेपालबाट भक्तपुर १ प्रदेश क का उम्मेदवार श्यामप्रसाद नेपालले उम्मेदवारी फिर्ता लिएका हुन् । 

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका जिल्ला निर्वाचन अधिकारी नरेन्द्रप्रसाद न्यौपानेका अनुसार राष्टिय प्रजातन्त्र पार्टी साथै भक्तपुर २ बाट स्वतन्त्र उम्मेदबारी दिएका बद्रिकृष्ण त्यात श्रेष्ठ र दिलप्रसाद गिरीले उम्मेदवारी फिर्ता लिएका छन् । दिलप्रसादले भक्तपुर २ प्रदेश क (सूर्यविनायक) र बद्रीकृष्णले भक्तपुर २ प्रदेश ख (मध्यपुर थिमि) बाट उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रमुख निर्वाचन अधिकृत गोपाल बाँंस्तोलाले भक्तपुर १ मा दुईजनाको उम्मेदवारी रद्द भएको जानकारी गराए । भक्तपुर १ मा नेपाल आमा पार्टीबाट उम्मेदवारी दिएकी सुशीला न्यौपानेको उम्मेदवारी रद्द भएको हाे । सुशीला स्थानीय निर्वाचनमा पनि उम्मेदवार रहेकाे र त्यसबेलाको झण्डै सात लाख जरिवाना तिनुपर्ने भएकाले उनको उम्मेदवारी रद्द भएको उनले बताए ।

नेपाली काग्रेस बिपीबाट भक्तपुर १ प्रदेश क (चाँंगुनारायण) क्षेत्रबाट उम्मेदवारी दिएका गणेश वज्राचार्यको उम्मेदवारी रद्द भएको छ । उनको प्रस्तावक र समर्थक भक्तपुरको हुनुपर्नेमा मध्यपुर थिमिको परेको र त्यसपछि उनले अरु स्थानीय प्रस्तावक र समर्थक ल्याउन नसकेपछि उनको उम्मेदवारी रद्द भएको उनले जानकारी गराए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ