पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज २६, चितवन । </b>आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी फिर्ता गर्न पत्र पठाएपछि चितवन-३ का उम्मेदवार न्यौपानेकोको नाम उम्मेदवारी सूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ । <br></p><p>एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । चितवन-३ मा माओवादी केन्द्रको तर्फबाट भोजराज अधिकारी उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनबाट चुनाव लड्ने छन् ।</p><p> <img src="https://fileswarehouse.com/newskarkhana/news-photos/310964616_697241548487447_6424971164358135409_n.jpg-1.jpg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20221012%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20221012T114624Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=604800&X-Amz-Signature=9f525ed37e0857fc5d90a93109c496b9bb5d3472de02ac894957415b860f85d7" alt="Avatar"></p>

