२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

१५ पदका लागि रुपन्देहीबाट २०२ उम्मेदवार

२०७९, २७ आश्विन बिहीबार ०६:१६

असोज २७, भैरहवा | आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि रुपन्देहीबाट २०२ जनाले उम्मेदवारी दिएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पाँच प्रतिनिधिसभा र दश प्रदेश सभा गरी १५ पदका लागि २०२ जनाले उम्मेदवारी दिएका हुन् ।

विभिन्न दलका तर्फबाट र स्वतन्त्र गरी प्रतिनिधिसभाका लागि ८८ जना र ११४ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । बुधबार रुपन्देहीस्थित पाँचवटै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियाे ।

Avatar

जिल्लाबाट कुल २१४ जनाले उम्मेदवारी दर्ता गराएकमा नाैजनाले उम्मेदवारी फिर्ता लिएको र तीनजनाको उम्मेदवारी खारेज भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए । उम्मेदवारी खारेज हुनेमा  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही-२ बाट सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एकीकृत समाजवादीका राजु गुरुङ, हाम्रो नेपाल पार्टीबाट उम्मेद्वारी दिएका कमल भुसाल ‘निकोलस’ र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल छन् । तीनजनाविरुद्ध निर्वाचन आयोगमा परेको उजुरीमाथि छानविन गरी उम्मेदवारी खारेज गरिएको हो ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका गुरुङ एकीकृत समाजवादीका रुपन्देही अध्यक्ष हुन् । अदालतले बैंकिङ कसुरमा जरिवाना गरेकाले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको छ । भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेकाले र स्वतन्त्रबाट उम्मेदवार बस्यालको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) वमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो ।  

नाैजनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कार्यतालिकाअनुसार बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारका लागि मनोनयन फिर्ता लिने समय रहेको सो अवधिमा रुपन्देहीबाट चारजना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र पाँचजना प्रदेश सभा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । 

क्षेत्र नम्बर ३ बाट बाबुछोरासमेत मनोनयन दर्ता गरी चर्चामा आएका माओवादी केन्द्रका उम्मेदवारले फिर्ता लिएका छन् । गृहमन्त्रीका भान्जाले पनि उम्मेदवारी फिर्ता लिए । प्रतिनिधिसभा सदस्यमा गृहमन्त्रीका भान्जा शिव मल्ल र गठबन्धनबाट बागी उम्मेदवारको रूपमा रहेका माओवादी केन्द्रका इमदाद हुसैन खानले उम्मेदवारी फिर्ता लिएका हुन् । खानँ फैज अहमदका छोरा हुन् उनी माओवादी केन्द्रबाटै प्रदेश ३ को क बाट उम्मेदवारी दिए पनि छोेरासँगै फिर्ता लिएर गठबन्धनलाई सहयोग र समर्थन गर्ने जनाएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३को प्रदेश सभा ख बाट स्वतन्त्र उम्मेदवारी दिएका धनबहादुर लामाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । 

निर्वाचन क्षेत्र नम्बर १ को ख बाट उम्मेदवार बनेका दुईजना, निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका दुईजना र क्षेत्र नम्बर ५ को क बाट एकजनाले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिएसँगै रुपन्देहीमा पाँच प्रतिनिधिसभा सदस्यका लागि ८८ जनामा प्रतिस्पर्धा हुने छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा