१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनमोर्चालाई समर्थन गर्दै विकले लिए उम्मेदवारी फिर्ता

२७ आश्विन २०७९, बिहीबार ०७:१४

असोज २७, काठमाडौं | नेकपा माओवादी केन्द्रबाट अर्घाखाँची प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका ठाकुरकुमार विकले उम्मेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी दिएका नेता सागर केसीलाई समर्थन गर्दै विकले उम्मेदवारी फिर्ता गरेका हुन् । 


सत्ता गठबन्धनमा बाँडफाँट हुँदा अर्घाखाँची प्रदेशसभा क माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी केन्द्रको भागमा परेको भए पनि सो ठाउँ आफूले पाउनु पर्ने दाबी गर्दै जनमोर्चाले उम्मेदवारी दर्ता गराएको थियो । 

अर्घाखाँचीमा निर्णयक भनिएको जनमोर्चाले आफ्नो अडान कायमै राखेपछि केन्द्रको दबाबमा बिक उम्मेदवारी फिर्ता गर्न सहमत भएको माओवादी स्रोतले जनाएको छ । विकको उम्मेदवारी फिर्तासँगै अर्घाखाँचीमा प्रदेश सभा क को लागि एमालेका चेतनारायण आचार्य र जनमोर्चाका नेता सागर केसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

कांग्रेसको भागमा परेको अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले उम्मेदवारी दर्ता गरेकी छन् । एमालेका  केन्द्रीय सचिव टोपबहादुर रायमाझीले उम्मेदवारी दिएको यो क्षेत्रमा स्वतन्त्रबाट पत्रकार हरिप्रसाद भुसाल चुनावी मैदानमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर