१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्रको चुनाव चिन्ह पानीको धारादेखि सुर्यमुखी फूलसम्म

२७ आश्विन २०७९, बिहीबार ११:१३

असोज २७, काठमाडौं | प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले थरिथरिका चुनाव चिन्ह पाएका छन् । आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशसभा (क) बाट गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका धर्मराज पोखरेलले पानीको धारा चुनाव चिन्ह पाएका छन् ।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै पोखेरलसहित तीन जनाले गठबन्धनकै उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका सर्वधन राई र प्रदेशसभा (क)मै स्वतन्त्र उम्मेदवारी दिएका सुवासकुमार पोखरेलले भने उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेशसभा (क)मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका वीरवलकाजी राई उठेका छन् । धर्मराजको उम्मेदवारीको सिधा असर उनै वीरवलकाजीलाई परेको छ ।

गठबन्धनविरुद्ध उम्मेदवारी दिएकामा धर्मराज पाँच वर्षका लागि कांग्रेसबाट निष्काशनमा परिसकेका छन् । तर, उनले चुनाव चिन्ह पानीको धारा लिएर चुनावी अभियान थालिसकेका छन् । सिट बाँडफाँटमा असन्तुष्ट कांग्रेस धर्मराजलाई नै भोट मागिरहेका छन् । 

यस्तै, प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका जयन्द्रकुमार राईले चुनाव चिन्ह सूर्यमुखी फूल पाएका छन् । प्रदेशसभा (क)बाट स्वतन्त्र उम्मेदवारी दिएका कुमारप्रसाद भट्टराईले चुनाव चिन्ह जेब्रा पाएका छन् । ६३ वर्षका भट्टराई प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड