२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लमजुङमा प्रतिनिधि सभातर्फ एक पदमा ११ जना भिड्दै

२०७९, २७ आश्विन बिहीबार ११:३०

असोज २७, लमजुङ | एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधि  सभामा एक जना स्वतन्त्रसहित ११ जना उम्मेदवारी कायम भएको छ । प्रदेश सभा ‘क’ मा ६ जनाले मनोनयन दर्ता गराएकोमा पाँच जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार प्रदेश सभा ‘ख’ मा सात जनाले मनोनयन दर्ता गराएकोमा ६ जनाको उम्मेदवारी कायम भएको छ । 

प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ, माओवादी केन्द्रका देवप्रसाद गुरुङ, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका टकबहादुर गुरुङ, नेपाली कांग्रेस (बीपी)का लक्ष्मीकान्त पौडेल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाईजेशनका विकास गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालको उम्मेदवारी कायम भएको छ । स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले चुनाव चिन्ह पुतली पाएका छन्  । 

प्रदेश सभा ‘क’मा नेकपा एमालेका जमिन्द्रमान घले, कांग्रेसका टकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा शाह, जनता समाजवादी पार्टी नेपालका सरस्वति गुरुङ र मंगोल नेशनल अर्गनाईजेशनका बृखबहादुर तामाङको उम्मेदवारी कायम भएको छ । 

प्रदेश सभा ‘ख’ तर्फ नेकपा एमालेका कृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेसका भेषबहादुर पौडेल, जनता समाजवादी पार्टी नेपालका युवराज दुरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङ र नेपाली कांग्रेस (वीपी) को नवराज बसौलाको उम्मेदवारी कायम भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले उम्मेदवारी फिर्ता गरेका छन् । लमजुङमा प्रतिनिधि सभाका लागि १३ जनाले उम्मेदवारी दिएकोमा दुई जनाले फिर्ता लिएका छन् । 

प्रदेशसभा ‘क’ मा ६ जनाको उम्मेदवारी परेकोमा एकजनाले र प्रदेशसभा ‘ख’ मा सात जनाको उम्मेदवारी परेकोमा एक जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा