२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पूर्व सहकर्मीको टक्कर

२०७९, २७ आश्विन बिहीबार १२:०७

असोज २७, धादिङ | धादिङ–१ मा पूर्व सहकर्मीहरुबीच चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। एमालेका भूमि त्रिपाठी र मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे पूर्व सहकर्मी हुन् । हाल तिनै दुई पूर्व सहकर्मी चुनावी मैदानमा उत्रिएका छन् । त्रिपाठी एक्लै चुनावी मैदानमा छन् भने पाण्डेलाई सत्ता गठबन्धनका समर्थन छ । 


सोही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालले नोरमान तामाङ, नेपाल मजदुर किसान पार्टीले विश्व अम्मर महर्जन, मंगोल नेशनल अर्गनाइजेसनले सुमन तामाङ, जन समाजवादी पार्टी नेपालले  पुष्कर सेडाई, राष्ट्रिय स्वतन्त्र पार्टीले  हिमेश पन्तलाई उम्मेदवार बनाएको छ । 

यस्तै स्वतन्त्रबाट दिल बहादुर घले, अर्जुन तिमल्सिना, उत्तम राज शर्मा(कँडेल), प्रदिप श्रेष्ठ,  प्रमोद उप्रेती, जनक भट्टराई र ऋषि खतिवडा उम्मेदवार छन् ।  यस्तै धादिङ २  मा एमालेले खेम प्रसाद लोहनीलाई उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसबाट रामनाथ अधिकारी उम्मेदवार छन् । 

यसैगरी जनता समाजवादी पार्टी, नेपालले मेकरमान तामाङ, मंगोल नेशनल अर्गनाइजेसनले धन माया तामाङ, नेपाली कांग्रेस (बीपी) ले शंकर दर्जी, राष्ट्रिय स्वतन्त्र पार्टीले वसुमाया तामाङलाई उम्मेदवार बनाउँदा स्वतन्त्रबाट रुद्रबहादुर गेलाङ मगर, सरोज बुढाथोकी, संजय दुवाडी, टिकानिधि काप्री,  बाबुकृष्ण श्रेष्ठ, रमेश पौडेल, हरिप्रसाद घिमिरे र  दुर्गाकुमार शाक्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा