१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न

२८ आश्विन २०७९, शुक्रबार ०७:२९

असोज २८, रौतहट | सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रको रौतहट ३ नम्बर क्षेत्रका उम्मेदवार धिरज पटेलले आफ्नो उम्मेदवारी कायम र हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । उनले आफ्नो क्षेत्रमा एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई माओवादीले समर्थन गर्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।


पटेलले आफू लामो समयदेखि माओवादीमा रहेर काम गरिरहेको र सोही आधारमा पार्टीले उम्मेदवार बनाएको भन्दै आफू नै आधिकारिक उम्मेदवार रहेको दाबी गरेका छन् । उनले केन्द्रीय पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पछि हट्नु भने पनि आफ्नो प्रतिस्पर्धी प्रभु साहलाई कुनै हालतमा समर्थन नगर्ने र आफ्नो चुनावी अभियान अघि बढ्ने स्पष्ट पारेका छन । उनले भने, ‘बरु मलाई गोली हानेर मारे पनि म उम्मेदवारी फिर्ता लिनेवाला छैन । र, प्रभु साहलाइ समर्थन गर्नेवाला छैन ।’

उनले जो मान्छे आफ्नो पार्टीको भएन । एमालेको भएन । त्यो मान्छे जनताको हुन नसक्ने बताए । पटेलले भने, ‘प्रभु साहजी त हरियो घाँसभित्र हरियो सर्प जस्तो बसेर लुक्नु भा’थो । उहाँले धेरैलाई डस्नु भयाे । कुनैबेला प्रचण्डलाई डस्नु भो, माधव नेपाललाई पनि डस्नु भो । अहिले आएर केपीजीलाई पनि डस्नु भो । यदि उहाँसित अब हामी सचेत भएनौं भने रौतहटका जनता सचेत भएनन् भने अब जनतालाई नै डस्नेवाला छ ।’

उनले आफ्नो क्षेत्रमा सत्ता गठबन्धन एकढिक्का रहेको उल्लेख गर्दै विभिन्न दलको सहारामा पटकपटक प्रतिनिधि बनिसकेका र भ्रष्टाचारको आरोप लागेका साहलगायतहरू पराजित हुने दाबी गरे । उनले भने, ‘अब प्रभु साहजी त हारिसक्नु भा’को छ नि ! उहाँ पराजित भएर पो हाम्रै पार्टीका केही नेताको घर घरमा धाइरहनु भा’छ । षड्यन्त्र गर्दै हुनुहुन्छ । उहाँलाई संसदमा जानु छ, पुग्ने कसरी हो ? कसको दलाली गर्ने ? कसको चाकडी गर्ने ? कुन शक्तिको भरोसामा आडमा सत्तामा जाने भन्ने उहाँको डिजाइन हो । रौतहट ३ का जनता १५/२० वर्षदेखि प्रभु साहको सबै कर्तुत, कुकर्म, क्रियाकलापको बारेमा जानकार छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर