१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा हत्या अभियोग लागेका व्यक्ति पनि चुनावी मैदानमा

२८ आश्विन २०७९, शुक्रबार ०८:२३

असोज २८, महोत्तरी | निर्वाचन आयोगको जटिल नियमका कारण महोत्तरीमा कर्तव्य ज्यान मुद्दा खेपिरहेका उम्मेदवारले पनि चुनाव लड्न पाउने भएका छन् । एमालेबाट महोत्तरी १ मा प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका लक्ष्मी महतो, क्षेत्र नम्बर ३ (क) मा अभिराम शर्मा र क्षेत्र नम्बर ४ (ख) बाट कौशलकुमार साहले निर्वाचनमा भाग लिन पाउने भएका हुन् ।


निर्वाचन आयोगले दिएको समयसीमाभित्र उनीहरूविरुद्ध कुनै उजुरी नपरेको हुनाले उम्मेदवारी खारेजी नभएको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोधकुमार महतोले जानकारी दिए । निर्वाचन आयोगले उम्मेदवारविरुद्ध उजुरी गर्न कुनै उम्मेदवार वा उसकाे प्रतिनिधिलाई मात्र निर्धारण गरेको छ  । गैरउम्मेदवार वा प्रतिनिधिले उजुरी हाले उक्त उजुरी नलिने निर्वाचनन आयोगले नियम बनाएको छ ।

‘तर प्रतिनिधिसभामा मनोनयन दर्ता गराएका पाटी वा स्वतन्त्र उम्मेदवारले मतदातासमक्ष गलत सन्देश नजाओस् भन्ने उद्देश्यले उजुरी नहालेको हुनसक्छ,’ स्थानीय अकंज थापाले भने । जसपाबाट मनोनयन दर्ता गर्नुभन्दा एक दिन अगाडि मात्र एमाले प्रवेश गरेका लक्ष्मी महतोसहित तीनैजनालाई मधेस आन्दोलनको समयमा असई थमन बिकको हत्या गरेको आरोप छ ।

असई विकको हत्यामा संलग्न रहेको आरोपमा विशेष गरी लक्ष्मी महतोलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो तर शक्तिको आडमा उनी अझै अदालतको सम्पर्कमा छैनन्। उच्च अदालत जनकपुरका न्यायाधीश पुष्पराज कोइराला र प्रभा बस्नेतकाे संयुक्त इजलासले महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न १९ मंसिर २०७७ मा आदेश दिएकाे थियाे ।

जिल्ला अदालत महोत्तरीका न्यायधीश श्यामसुन्दर अधिकारीको इजलासले लक्ष्मी महतोबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम एक लाख रुपैयाँ नगद धरौटी लिई २०७६ असोज २ गते तारेखमा राख्ने आदेशलाई उच्च अदालतले पल्टाएर पुर्पक्ष गर्न आदेश दिएको हो । तत्कालीन सद्भावना पार्टीका केन्द्रीय सदस्यसमेत रहेका महतो यसअघिको निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमबाट उठेका थिए । उनी माओवादी केन्द्रका गिरिराजमणि पोखरेलसँग पराजित भएका थिए ।

फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई टिकट दिएर दलहरूले कानुनको धज्जी उडाएको टिप्पणी भएको छ । ज्यान मुद्दा जस्तो जघन्य अपराधको मुद्दा खेपिरहेकालाइ टिकट दिएर दलहरूले अपराधको संरक्षण गरेको आरोप छ । ‘लक्ष्मी महतो, अभिराम शर्मा, कौशल साहजस्ता व्यक्तिहरुलाई पार्टीले टिकट दिनु नै अपराधको संरक्षण गर्नु हो,’ स्थानीय माधव पौडेलले भने ।

एमालेले मनोनयन दर्ता गर्नुभन्दा एकदिन अगाडि मात्र महतोलाई प्रवेश गराएर टिकट प्रदान गरेको थियो । महतो समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा लक्ष्मी महतोलाई टिकट दिए निर्वाचन जित्ने एमालेको याेजना छ । महतो मधेस आन्दोलनको समयमा सदभावना पार्टीका केन्द्रीय सदस्य थिए । अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम रोजे । जसपा हुँदै महतो एमाले प्रवेश गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल