१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीबाट एमाले प्रवेश गरी पार्टीबाटै निकालिएका प्रभु साह काे हुन् ?

२८ आश्विन २०७९, शुक्रबार १०:२९

असोज २८,  बारा | एमालेले पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका प्रभु साह अहिले चर्चामा छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट ३ बाट एमालेको टिकट बहिष्कार गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि साह विवादमा आएका हुन् । पार्टी विराेधी गतिविधि गरेकाे आराेपमा एमालेले शुक्रबार साहसहित तीन नेतालाई कारबाही गरिसकेकाे छ ।

जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने एमालेकोे निर्णयप्रति असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको साहले दाबी गरे पनि यसमा कुनै सत्यता नभएको उनलाई नजिकबाट बुझ्नेहरूले बताएका छन् । राजनीतिक जीवनको सुरुवातदेखि नै साहमा अस्थिर चरित्र हावी हुँदै आएको देखिन्छ ।

  

२०५४ सालकाे स्थानीय निर्वाचनमा साह एमालेबाटै रौतहटको पतौरा गाविसमा वडाध्यक्षमा निर्वाचित भएका थिए । साविककाे पतौरा गाविस उपाध्यक्ष सत्यनारायण राउतलाई २०५७ सालमा तत्कालीन जिविस सभापति राजेन्द्र पटेलको निवासमा कार्यवाहक अध्यक्ष बनाउन उनी हातपातमा समेत उत्रिएका थिए । सोही वर्ष मौलापुर चिरचिरास्थित प्रहरी बस्न छोडेको प्रहरी चौकीमा माओवादीहरूसँग मिलेर आगजनी गरे । त्यही घटना जोडिएपछि उनी फरार भएका थिए । फरार रहेको अवस्थामा उनलाई २०५७ सालमा माओवादीले सम्पर्क गरी आफ्नो पार्टीमा भित्र्याएको हो । 

भूमिगत माओवादी पार्टीले उनलाई मधेसी मुक्ति मोर्चामा संगठित गरेर तराईमा खटायो । मधेसका माओवादी नेता मातृका यादव र साहबीच लामो समयसम्म सम्बन्ध कायम रहन सकेन । दुबैबीच टकराव बढ्दै गयो । साह माओवादीभित्रको बाबुराम गुटमा सामेल भए । माओवादीहरूको गुटवन्दीमा साह कमजोर बन्दै गएर पार्टी छोड्ने वा छुट्टै पार्टी खोल्ने विकल्प बारेमा सोच्दै थिए । ठिक यसैवेला नेकपा विभाजन भयो । अवसरको खोजीमा रहेका साहले एमालेबाट राम्रो अफर पाए र उनी एमाले पसे ।

एमालेमा केही समय प्रदेश अध्यक्ष भएर प्रदेश सचिव सुमन प्याकुरेलको सहयोगमा उनले एकलौटी रूपमा पार्टी चलाए । मधेस प्रदेशमा रघुवीर महासेठको प्रवेशपछि उनीसँग साहको टकराव बढ्न थाल्यो । त्यसपछि साह अध्यक्षबाट हटाइए र ज्वाला साहले अध्यक्षको जिम्मेवारी पाइन् । 

त्यसपछि दुईजनाबीच टक्कर झन् बढ्दै गयो । साह प्रदेश इन्चार्ज भएर पार्टी कब्जा गर्न चाहन्थे । तर पार्टीको दशौं महाधिवेशनपछि रघुवीर महासेठ पार्टी सचिव र इन्चार्जसमेत बनाइए । त्यही दिनदेखि उनको पार्टीबाट बहिर्गमनको तयारी सुरु भएको थियो । अहिले आएर सोही योजनालाई पूर्णता दिइएको राैतहटका एमाले नेता कार्यकर्ता बताउँछन् ।

मधेस प्रदेशको इन्चार्ज बनेर शक्तिसहित चलखेल गर्ने योजनामा थिए साह । साेही कारण उनले विधान महाधिवेशन बहिस्कार गरे । केन्द्रीय कमिटी बैठक र धेरैपटक प्रदेश कमिटी बैठकसमेत बहिस्कार गरेर उनले पार्टीभित्र उधुम मच्चाएका थिए । एमालेका महासचिव शंकर पोखरेलले पटक पटक काठमाडौंमै बैठक बोलाएर मनाउने काम गरे । विधान संशाेधन गरेर उनका मान्छेहरूलाई केन्द्र र प्रदेशमा राखेकाे बताइन्छ । अहिले एमालेले साह निकट नेताहरू सबैलाई कारबाही गर्ने तयारी गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित) नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ कलंकीमा बिजुलीको पोलमा आगलागी  अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी नेपाल छिर्दै, चारजना नियन्त्रणमा तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान यूएईले ६६ नेपाली बन्दीलाई दियो आम माफी, सरकारद्वारा कृतज्ञता व्यक्त