2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

प्रचण्डलाई ७ हजार मतान्तरले जित्ने बुर्लाकोटीको दाबी, यस्तो छ आधार

असोज २८, गोरखा | आसन्न मंसिर ४ गते हुन आमनिर्वाचनमा गोरखा-२ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग हुने चुनावी भिडन्त चासोको केन्द्रबिन्दुमा छ । उक्त स्थानमा प्रचण्ड र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीबीच हुने प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।


गत २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन—३ बाट बाजी मारेका प्रचण्डलाई यस पटक जित निकाल्न सकस हुने बुर्लाकोटी दाबी गर्छन् । ९८ हजार मतदाता रहेको उक्त क्षेत्रमा ३० हजार भन्दा बढी मत ल्याएर जित्ने उनको जिकिर छ । त्यहाँ यसपटक ६३ हजार भन्दा बढी मत खस्ने जानकारहरु बताउँछन् । प्रचण्डलाई ७ हजार मतान्तरले जित निकाल्ने बुर्लाकोटी बताउँछन् ।

उनी भन्छन्, ‘मैले चुनावी गतिविधि सुरु गरिसकेको छु,अधिकांश मतदाताहरुको रुझान यस पटक स्वतन्त्र पार्टीमा देखिएको छ’। बुर्लाकोटी थप्छन्, ‘कांग्रेसको ९० प्रतिशत भोट क्रस हुन्छ, एमालेको ३० प्रतिशत र माओवादीका असन्तुष्टहरुले मलाई भोट दिन्छन् ।’

चितवनमा जित्ने आधार नदेखेर गोरखा आएका प्रचण्डको जनाधार खस्किएको धेरैको विश्लेषण छ । स्थापित ठुला पार्टीका शीर्ष नेताहरूप्रतिको वितृष्णा,देशै नरहने हो कि भन्ने जनआक्रोशले कांग्रेस,एमाले र माओवादीका नेताहरूलाई सताएको उनी सुनाउँछन् ।

यो पटकको निर्वाचनमा मत परिवर्तन नगर्ने हो भने आगामी २५ वर्षसम्म पनि देशको हालत नसुध्रिने बुर्लाकोटीको तर्क छ । तपाईँको जित्ने आधार के भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, ठुला पार्टीको रगत शुद्ध छैन, हामी शुद्ध मानिस स्वतन्त्र पार्टीमा जोडिएका छौँ । प्रचण्डले करोडौँ पैसा खर्च गरे पनि चुनाव जित्न नसक्नेमा बुर्लाकोटी ढुक्क छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ